कर्णाली प्रदेशमा निर्माण हुदैँ क्वारेन्टाइन (फोटो-फिचर)

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा नेपाली सेनाले युद्धस्तरमा क्वारेन्टाइन निर्माणको शुरु गरिएको छ । नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेले चारसय बेडसहितको क्वारेन्टइन निर्माणको काम आइतबारदेखी शुरु गरेको हो ।

प्रदेश सरकारले तत्काल वीरेन्द्रनगरस्थित रेडियो नेपालको परिसरमा रहेको खाली जग्गा र मध्यपश्चिम विश्वविद्यालयमा गरी एकहजार जना अट्ने क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको थियो ।

रेडियो नेपालमा प्राविधिक रुपमा उपयुक्त नभएपछि खुलामञ्चमा क्वारेन्टाइन निर्माण गरिएको हो । कम्तीमा एक हप्तामा काम सम्पन्न गर्नेगरी क्वारेन्टाइन निर्माणको काम जारी रहेको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेका सेनानी झपेन्द्रबहादुर विसीले जानकारी दिए । उनकाअनुसार क्वारेन्टाइन निर्माणमा दुईसय बढी नेपाली सेना जुटेका छन् ।

कर्णाली प्रदेशमा निर्माण हुदैँ क्वारेन्टाइन (फोटो-फिचर)

कोरोनाको त्रास : सुर्खेतका कुकुरमा देखियाे अनौठो

1 Comment

  1. ishwr gautam
    22nd Mar 2020 Reply

    धन्य वाद छ कर्णाली प्रदेस सर्कार अनि धन्य वाद राष्ट्र सेना लाई जति स्फुर्ती सेनाले क्वारेन्टाइन बनाउन देखाय को छ तेति नै जागरुक डक्टर हरु लाई पनि गराइयोस । किन भने सुनिन्छ पुर्ब तिर डक्टर हरु कोरोना सम्भाबित बिरामी हरु लाई चेक गर्नै मान्दैनन अरे ।यहाँ, एदि कुनै डक्टर ले तेस्तो बेबहार गरेको थाहा भए मा कार्बाइ गर्ने तर्फ पनि ध्यान जावस कर्णालि प्रदेस बासी को निबेदन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds