प्रहरी हिरासतमा युवक मृत फेला

धनगढी । कैलालीमा प्रहरीको हिरासतमा एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।


इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरको सरियामा सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर राना झुण्डिएको अवस्थामा मृत फेला परेको जिप्रका कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । विष्टका अनुसार भैँसी चोरीको आरोप लागेपछि प्रहरीले सोधपुछका लागि उनलाई पक्राउ गरेको थियो ।

कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुरका पुलुराम थारूको भैँसी चोरी भएको थिया । खोजतलास गर्दै जाँदा लम्कीचुहा नगरपालिका–५ थापापुरस्थित झोलुङ्गे पुल नजिक भैँसीसहित रानालाई भैँसीधनीले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

उनी आज बिहान हिरासत कक्षमा रहेको शौचालयको भेन्टिलेसनको सरियामा गन्जीको डोरी बनाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी हिरासतमा युवक मृत फेला

पानीमा डुबेर बालकको मृत्यु

प्रहरी हिरासतमा युवक मृत फेला

बुटवल झडपमा घाइते चार प्रहरीलाई काठमाडौं लगीयो,

Leave a comment

Your email address will not be published. Required fields are marked *