सुनसान छ कृष्ण मन्दिर, बनगाडकाे इतिहासिक धराेहर संरक्षणमा स्थानीय सरकार बेखबर

दुर्गा विसि

सल्यान । देवस्थलकाे कृष्ण मन्दिरमा याे दिन बिहानै देखि भक्तजनको घुइँचो लागेको हुन्थ्यो तर यसपालि काेभिडकै कारण सुनसान रह्याे । आजकाे दिन फाट्टफुट्ट वाहेक श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेकाे खासै देखिएन ।

हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।टाढा टाढाबाट भक्तजन र मेला हेर्नेको घुइँचो लाग्ने गर्दथ्यो ।

साथै मेलाकै दिन यहाँको युवा कल्वले विभित्र खेलकुद प्रतियोगिता समेत सञ्चालन गरेको हुन्थ्यो । धर्मग्रन्थमा उल्लेख भएअनुसार नै सोमबार अाज देवस्थलको कृष्ण मन्दिरमा पूजा आराधना हुने गर्दथ्यो । घरबाटै विहान हिडेर मन्दिर तल पर्ने भेरि नदिमा नुहाउने ब्रतालु,पुजा अाजा गरि सकेकाकाे फुलपाति वगाउनेहरुकाे समेत नदिमा भिडभाड हुने गर्दैथ्याे ।

वुढापाका,युवा,महिला बालबालिकाहरु सहित अभिभावकहरु मन्दिर पुग्ने र मेला समेत अायाेजना हुने गर्द्थ्यो। हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको भीड भने गत वर्ष र यसपालि काेभिडकै कारण सुनसान देखियो । पछिल्लो वर्षहरुमा भने कोरोनाका कारण मन्दिरमा भीड र मेला समेत कम गरिएको छ ।

विद्यालय प्राङ्गणमा रहेको कृष्णकाे मन्दि याे देवलकाे व्यवस्थापनका लागि स्थानीय सरकार भने वेखबर बन्याे ।यसलाई व्यवस्थापन गर्ने कुरामा स्थानीय सरकारले कुनै वास्ता नगरेकाे भेटिन्छ ।मठ मन्दिर पार्टी पौवा संस्कृतिक धराेहरमा जनप्रतिनिधिकाे ४ वर्ष सम्म पनि आँखाे परेन ।

त्यसैले यतिखेर याे देवल तथा कृष्णकाे मन्दिर जिर्न्न बन्दै गएको छ ।प्रभाकर मावि प्राङ्गणमा भित्र रहेको याे कृष्ण मन्दिर संरक्षणमा कुनै निकायले चासो नदिएको जानकारहरु वताउछन् ।

सुनसान छ कृष्ण मन्दिर, बनगाडकाे इतिहासिक धराेहर संरक्षणमा स्थानीय सरकार बेखबर

बाफिकोट गाउपालिकामा १५ गत्ते देखि विद्यालय खुल्दै

सुनसान छ कृष्ण मन्दिर, बनगाडकाे इतिहासिक धराेहर संरक्षणमा स्थानीय सरकार बेखबर

छोरीहरु जोगाऔं

Leave a comment

Your email address will not be published. Required fields are marked *