लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी भन्न मिल्दैन : दिल्लीको उच्च अदालत

एजेन्सी । भारतको दिल्लीस्थित उच्च अदालतले एक पुरुषले आफूलाई विवाहको आश्वासन दिएर लामो समयसम्म यौन सम्बन्ध राखेको भन्दै एक महिलाले दिएको बलात्कारको मुद्दा खारेज गरिदिएको छ।

लामो समयसम्म सहमतिमा गरिएको शारीरिक सम्बन्धलाई बलात्कार भन्न नमिल्ने फैसला गर्दै अदालतले प्रतिवादी पुरुषलाई छुट्कारा दिएको हो।

टाइम्स अफ इन्डियामा प्रकाशित खबरअनुसार फैसलामा भनिएको छ- ‘विवाहको वाचा गर्नुलाई नै यौन लालसा भनेर ठहर गर्न मिल्दैन, लामो र अनिश्चित कालसम्म यौन सम्बन्ध कायम गरिएको अवस्थामा।’

न्यायाधीश विभु बाखरूका अनुसार विवाहको झुटो आश्वासन दिएर यौन शोषण गरिएको भनेर त्यतिबेला मात्र भन्न सकिन्छ, जतिबेला पीडित एक पटकका लागि मात्रै सिकार बन्छिन्।

अदालतले भनेको छ- ‘घनिष्ठ सम्बन्धसहित लामो समय यौन सम्पर्क गरिएको छ भने त्यसमा महिलाको इच्छा र प्रेम थिएन भनेर विश्वास गर्न सकिन्न, यौन शोषणका लागि झुटो वाचा गरिएको भनेर पनि अर्थ्याउन मिल्दैन।’

लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी भन्न मिल्दैन : दिल्लीको उच्च अदालत

लुम्बिनीका दुई सांसदलाई पदमुक्त गर्न मिल्दैन

Leave a comment

Your email address will not be published. Required fields are marked *