एमालेको अध्यावधिक विवरण निर्वाचन आयोगद्वारा अस्वीकार, पुरानै कमिटीलाई मान्यता

काठमाडौं : पार्टी विभाजनको संघारमा पुगेपछि नेकपा एमालेले पठाएको केन्द्रीय सदस्य अध्यावधिक विवरण निर्वाचन आयोगले अस्वीकार गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालको पार्टी दर्ता प्रक्रियमा २० प्रतिशत पुग्न नदिने रणनीतिअनुसार केन्द्रीय सदस्य अध्यावधिक गर्न आयाेगमा पठाएका थिए।

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीसहित २६० केन्द्रीय सदस्य रहेको भन्दै दलको किताब अध्यावधिक गर्न आयोगलाई सूची बुझाइएको थियो।

तर, आयोगले पार्टी ०७५ जेठ २ मै फर्काउनुपर्ने अदालतको फैसलाअनुसार दुई सय ३ केन्द्रीय सदस्यलाई मान्यता नदिने भएको निर्वाचन आयोगले जनाएको छ।

नेता नेपाल समूहले नयाँ पार्टीको लागि आयोगमा दिएको निवेदनमा ५८ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्। एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेका छन् भने ओलीको पक्षमा ८८ जना मात्रै देखिएका छन्।

सरकारले दल विभाजन गर्न मिल्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेता नेपालले नयाँ पार्टी दर्ता गराएका हुन्। आयोगले सनाखतको लागि बुधबार बोलाएको छ। अध्यादेशअनुसार केन्द्रीय कमिटी वा संसदमा २० प्रतिशत मात्रै संख्या भए नेकपा एकीकृत समाजवादीले आधिकारिकता पाउँछ।

एमालेको अध्यावधिक विवरण निर्वाचन आयोगद्वारा अस्वीकार, पुरानै कमिटीलाई मान्यता

लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी

एमालेको अध्यावधिक विवरण निर्वाचन आयोगद्वारा अस्वीकार, पुरानै कमिटीलाई मान्यता

गाजा क्षेत्रमा झडप: १ बालकसहित ४१ प्यालेस्टाइनी

Leave a comment

Your email address will not be published. Required fields are marked *