सुकुम्वासी आयोग गठन गर्न ज्वालाको आग्रह

सुर्खेत । नेकपा एमालेका नेता एवम् कर्णाली प्रदेश कमिटी संयोजक प्रकाश ज्वालाले तत्काल सुकुम्वासी आयोग गठन गर्न आग्रह गरेका छन् ।
भूमिहिन, सुकुम्बासी किसानलाई जग्गाको मालिक बनाउने गरी तत्काल शक्तिशाली सुकुम्बासी समस्या समाधान आयोग गठन गर्न सरकारलाई आग्रह गरेका हुन् । पूर्नगठित नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको मंगलबार वीरेन्द्रनगरमा सम्पन्न पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले केपी ओलीले पटक–पटक संविधानमाथी र पार्टीभित्र कु गरेका कारण गरेको आरोप लगाए । जिल्ला कमिटी बैठकमा पालिकाबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरुबाट तत्कालिन अवस्थाका बारेमा रिपोर्टिङ गरिएको थियो ।
पूर्नगठित नेकपा एमालेको बैठकले गाउँपालिका/नगरपालिका र वडा कमिटीहरुको गठन, पुर्नगठन र बैठक, प्रशिक्षण, भेला, अन्तरक्रिया तत्काल सम्पन्न गर्ने, जनसंगठनका कमिटी गठन, पुर्नगठन र बैठक तथा प्रशिक्षण सम्पन्न गर्ने निर्णय पारित गरेको छ ।
जिल्ला कमिटी अध्यक्ष मोहनसिं बडुवालको अध्यक्षतामा भएको बैठकमा सुर्खेती कम्यूनिष्ट नेता कुलदिप भट्ट, जनजाति महासंघका अध्यक्ष विरबहादुर रावत, मुक्ति समाजका प्रदेश कमिटी अध्यक्ष बसन्त विक, अनेमा संघका केन्द्रीय सदस्य धना जिसी, युवा संघका केन्द्रीय सचिव जंग राना, अनेरास्ववियुका सचिवालय सदस्य मिलन विसी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।






