‘चार बर्षमा सबै वडामा सडक पु¥याएका छौं’

नेपालको संविधान अनुसार तीन तहका सरकारहरु गठन भएका छन् । ति मध्ये जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार नै हो । यो सरकारलाई पनि प्रसस्त अधिकारहरु प्रदान गरिएको छ । संघीयतापछि गठन भएका स्थानीय सरकारले काम गर्न थालेको पनि चारबर्ष पुरा भएको छ । अब एक बर्षको अवधीमा अर्को निर्वाचन हुन्छ । त्यसैले पनि स्थानीय सरकारका लागि यो बर्ष महत्वपूर्ण बर्ष हो । यो चार बर्षको अवधीमा सल्यानको छत्रेश्वरी गाउँपालिकाले के कस्ता काम गर्यो ? जनताको बिचमा गरेका प्रतिवद्धता पुरा भए त ? बजेट कार्यान्वयनको अवस्था के कस्तो छ ? लगायतका विषयमा हाम्रा सहकर्मी टेकराज केसीले सल्यानको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सन्तोष केसी
अध्यक्ष, छत्रेश्वरी गाउँपालिका, सल्यान

हिजोआज के गर्दै हुनुहुन्छ ?

हामी जुन उद्देश्य लिएर हिँडेका छौं । त्यही काममा नै व्यस्त भएको अवस्था छ । जनताले हामीलाई काम गर्न पठाएका हुन् । जनताको आवश्यकता पुरा गर्न हामी हिजो पनि लागेका थियौँ । आज पनि लागेका छौं । र भोली पनि लाग्नेछौं । जनताकै बिचमा उहाँहरुको गुनासा सुन्ने र उहाँहरुको भावना अनुसार काम गर्नमै व्यस्त छु ।

चालु आर्थिक बर्षका लागि कस्तो बजेट ल्याउनुभयो नी ?

पहिलो कुरा त हामी अहिले पाँचौं बर्षमा छौं । वितेका चार बर्षमा जुन कामहरु गरिरहेका छौं, ति कामहरु पुरा गर्न हामी केन्द्रीत छौं । अब अर्को कुरा यो बर्षमा हामीले बाँकी काम पुरा गर्नुपर्ने पनि छ । त्यसका साथै विगत दुई बर्षदेखि महामारीको रुपमा फैलिएको कोभिडले समग्र क्षेत्रमा पारेको प्रभावलाईसमेत कम गर्नुपर्ने अवस्था छ ।

हामीले त्यसैलाई मध्यनजर गरेर बजेट, नीति कार्यक्रम बजेट निर्माण गरेका छौं । मलाइ लाग्छ, हामी यो आर्थिक बर्षमा जनताका धेरै कामहरु पुरा गर्छौं । जस्तो शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य विकासका कामहरु जनताले अनुभुती गर्नेगरी गर्ने अठोट छ । त्यो हामीले हिजोदेखि नै गर्दै आएका छौं ।

गएको आर्थिक बर्षमा बजेट कार्यान्वयन कस्तो भयो ?

गत आर्थिक बर्षमा पालिकाको बजेट हामीले करिब शतप्रतिशत नै कार्यान्वयन गरेका छौं । तथापी प्रदेश र संघीय सरकारबाट आएका केही कार्यक्रमहरु भने हामीले सबै कार्यान्वयन गर्न सकेनौँ । किनभने कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित र बन्द भएको अवस्था थियो ।

त्यसले गर्दा थोरै बजेट फ्रिज भएको छ । समग्रमा भन्नुपर्दा हामीले विकास बजेट सन्तोषजनक रुपमा नै कार्यान्यन गर्न सकेका छौं । हामीले शुरुदेखि नै बजेट कार्यान्वयनलाई तीव्रता दिएका थियौं । अहिले पनि हामी बजेट कार्यान्वयन समयमै गर्छौं ।

यसपाली बजेट कार्यान्वयनको तयारी के छ ?

मैले भनिसके । गत आर्थिक बर्षको बजेट हामीले शुरुदेखि नै कार्यान्वयन तीव्र बनाएका थियौँ । यो बर्ष पनि हाम्रो बजेट कार्यान्वयनको अवस्था तीव्र नै हुन्छ । हाम्रा अधिकांश आधारभुत विकासका कामहरु भइसकेका छन् ।

अब बाँकी रहेका कामहरु हामीले यो बर्षमा सक्नुपर्ने भएकाले यो बर्ष झनै बजेट कार्यान्वयन छिटो गर्नुपर्ने हुन्छ । काम रफ्तारले अगाडी बढाउनुपर्ने हुन्छ । यसरीभन्दा हामीले विकासका सबै काम सक्यौँ भन्ने होइन । तर आधारभुत विकासका काम भने हामीले गरिसकेका छौं ।

बेरोजगारी समस्या समाधान गर्न कस्ता कार्यक्रम छन् ?

हाम्रोमा सबैभन्दा ठुलो समस्याको रुपमा बेरोजगारी समस्या रहेको छ । रोजगारी गर्नको लागि दक्ष जनशक्ती चाहिँदोरहेछ । ज्ञान र सीप पनि उत्तिकै महत्वपूर्ण छ । यो जुनसुकै काम गर्दा पनि अति आवश्यक पर्छ । त्यही भएर नै हामीले पालिकाबाट शुरुका बर्षदेखि नै युवा, महिला तथा अन्य व्यक्तीहरुलाई सीप सिकाउने, उद्यमी बनाउने काम गरेका छौं ।

धेरै व्यक्तिहरु स्वरोजगार पनि बन्नुभएको छ । सँगै हामीले कृषि र पशुपालनमा पनि जोड दिएका छौं । उत्पादन बढाउने नीति लिएका छांै । उत्पादन मात्र भएर भएन, त्यसको बजारीकरण महत्वपूर्ण हुन्छ । त्यसैले हामीले यो बर्ष उत्पादित कृषि वस्तुलाई बजारसम्म पुर्याउने पूर्वाधार निर्माण गर्दैछाैं । त्यसका साथै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत पनि हामी युवाहरुलाई रोजगारी दिइरहेका छांै ।

तपाइँ निर्वाचित भएको चार वर्षमा के काम गर्नुभयो ?

हामीले गरेका विकासका कामहरु हाम्रा नागरिकहरुले मुल्याङ्कन गरिरहनुभएको होला । मैले यो विषयमा भन्नुपर्छ जस्तो लाग्दैन । हामी निर्वाचित भएर आउँदा केही वडाबाहेक सबै वडामा सडक सञ्जाल पुगेको थिएन ।

हामीले सबै वडामा सडक सञ्जाल पुर्याएका छौं । त्यसरीगरी स्वास्थ्यको पहुँचमा सबै नागरिकहरुलाई पुर्याउन सकेका छौं । शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छौं । कृषि, पशुपालन क्षेत्रमा नागरिकहरुको आकर्षण बढाएका छौं । अब केही वडा बाहेक सबै वडामा विद्युत विस्तार भइरहेको छ ।

हामीले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पालिकाभित्र रहेका पुरातात्विक सम्पदाहरुको खोजी संरक्षण सम्वद्र्धन पनि गरेका छौं । हाम्रो पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको विकास पनि भइरहेको छ । आन्तरिक पर्यटकहरु पनि आउनेक्रम बढेको पाइएको छ । हामी निर्वाचि हुनुभन्दा पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको छ ।

अब बाँकी अवधिमा आफ्ना प्रतिवद्धता पुरा गर्न सक्नुहोला त ?

अवश्य पनि । सबै एकै पटक हुन्छन भन्ने त होइन । यद्यपी हामीले जनतासँग गरेका प्रतिवद्धता पुरा गर्छौं । पहिलो बर्षदेखि नै जनताको बिचमा गरिएका प्रतिवद्धता पुरा गर्न हामीले ध्यान केन्द्रीत गरेका छौं । अधिकांश कुराहरु पुरा भइसकेका छन् । बाँकी रहेका अन्य बाचाहरु हामी यो बर्षमा पुरा गर्छौं ।

हामीले जनतासँग सम्भव हुने कुराहरु मात्र गरेका थियौँ । जे उद्देश्य लिएर हामी आएका छौं । हामी पुरा गर्छौ नै । यसमा ढुक्क हुनुभएहुन्छ ।

‘चार बर्षमा सबै वडामा सडक पु¥याएका छौं’

घुँयत्राे : मेमोरी किङ्गकै नाममा विदेशी समेतलाई

‘चार बर्षमा सबै वडामा सडक पु¥याएका छौं’

विमला वली फेरि माओवादी केन्द्रमै

Leave a comment

Your email address will not be published. Required fields are marked *