क्रियाशील सदस्यता फुकुवा गर्न माग

सुर्खेत । सुर्खेतमा नेपाली कांग्रेसका सातसय ६ जनाले क्रियाशील सदस्यता फुकुवा गर्न माग गरिएको छन् । विधि र प्रक्रिया पु¥याएर पार्टी सदस्यता लिएको भन्दै महाधिवेशन अघि नै क्रियाशील सदस्यता फुक्का गर्न माग गरेका हुन् ।

काँग्रेस सदस्यता छानविन समितिले वीरेन्द्रनगर वडा नं. ३ का एकसय ४८ जना, वडा नं. ६ का दुईसय १४ जना, वडा नं. ८ का एकसय ७७ जना र वडा नं. ११ का एकसय ६७ जनाको क्रियाशील सदस्यता रोकेको छ ।

आइतबार क्रियाशील सदस्यता फुकुवा गर्न माग गर्दै पार्टीका महामन्त्री पूर्णबहादुर खड्कालाई पत्र पठाएका छन् । उनीहरुले काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाईसमेत बोधार्थ पठाएका छन् ।

क्रियाशील सदस्यका लागि गएको फागुन १६ गते वीरेन्द्रनगर नगरकार्य समिति, चैत ३१ गतेको प्रदेश क्षेत्रीय कार्यसमिति र २०७८ वैशाख १२ गते क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रुपमा क्रियाशील सदस्यता दिन निर्णय गरेको थियो । उनीहरुले क्रियाशील सदस्यता शुल्क बाफतको ३०० रुपैयाँ समेत बुझाई सकेको सुर्खेतका पार्टी सभापति कमलराज रेग्मीले जानकारी दिए ।

स्मरण रहोस्, वीरेन्द्रनगर नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीको पकट क्षेत्र हो । थानी बरिष्ठ नेता रामचन्द्र पौडल पक्षिय नेता हुन् । पार्टी सभापति पक्षिय सुर्खेतमा महामन्त्री खड्का वीरेन्द्रनगर क्षेत्रमा कमजोर छन् । महाधिवेशनमा यो निर्णायक क्षेत्र मानिन्छन् ।

क्रियाशील सदस्यता फुकुवा गर्न माग

बिरालो हराएपछि मनिषा कोइराला चिन्तामा

क्रियाशील सदस्यता फुकुवा गर्न माग

सतर्कता अपनाऔं

Leave a comment

Your email address will not be published. Required fields are marked *