अन्तर्राष्ट्रिय नारी दिवशको अवसरपारी डोल्पामा आयोजित कार्यक्रमका सहभागीहरु
सुर्खेत : फागुन १८ गते मुगुको छायाँनाथ रारा नगरपालिकाकी उपमेयर सुन्तला रोकायाले नगरप्रमुख हरिजंग शाहीविरुद्ध उच्च अदालत सुर्खेतको जुम्ला इजालासमा मुद्दा दर्ता गराइन । योजनाको अनुगमन गर्ने अधिकार नगरप्रमुखले खोसीपछि उनी अदालत धाइन् ।
वडा नम्बर १३ का वडा अध्यक्ष चक्रबहादुर साउदको संयोजकत्वमा योजना अनुगमन समिति बनाई योजनाको भुक्तानी दिएपछि उनले अदालत गुहारिन् । नगरप्रमुखले आफ्नो अधिकार खोसिएको भन्दै न्यायको लागि अदालतको ढोका ढकढक्याइन । ‘आफू अनुगमनमा जाँदा नगरप्रमुखले कहिले इन्जिनियर र कहिले वडा अध्यक्षहरुलाई बोलाएर मलाई एक्लो पार्ने काम गरे’ रोकायाले भनिन्, ‘गैरकानुनी रुपमा गठन भएको अनुगमन समितिको प्रतिवेदनका आधारमा रकम भुक्तानी दिने काम भइरहेको छ ।’
लामो समय महिलाअधिकारको लागि लड्दै आएकी रोकायाले अन्ततः सरकारमा पुगेकै बेला पुरुषबाट पीडित बनिन् । सरकारमा रहदा पनि पुरुष नेतृन्वबाट पीडित हुने उनी एक्ली होइन । दैलेखकी दिपा बोहोराले पनि पुरुष नेतृत्वबाट पिडित छन् । लामो समय महिला अधिकार र समानताका पक्षमा आवाज उठाउँदै आएकी उनी आठबीस नगरपालिकाको उपप्रमुख हुँदा आफ्नै अधिकारबाट बञ्चित भइन । नगरपालिकाको हरेक गतिविधिमा नगरप्रमुख खड्गराज उपाध्यायले मनोमानी र एकलौटी गरेको गरेपछि बाध्य भएर गत साउन ३ गते केही चार वटा वडा कार्यालयका छाप तथा लेटरप्याड प्रमुखलाई बुझाइन् ।
पदले आफू उपप्रमुख भए पनि प्रमुख उपाध्यायले आफूलाई भूमिकाविहीन बनाएपछि अधिकारीका लागि यस्तो प्रक्रिया अपनाएकी हुन् । यस्तै जाजरकोटको छेडागाड नगरपालिकाका उपप्रमुख सरिता ओलीले पनि अधिकारमा प्रमुख लालबहादुर महतारासँग लढ्नु प¥यो । कार्यापालिका बैठकमा आफूले उठाएका एजेन्डा र योजनाहरु प्रमुखले सम्बोधन नगरेपछि विभिन्न समयमा आन्दोलित भइन । सरकामा पुग्दा पनि पुरुषबाट पीडित भएका उल्लेखित प्रतिनिधिमुलक घटना मात्रै हुन । स्थानीय सरकारको बागडोर सम्हालेका गाउँ तथा नगरका उपाध्यक्ष र उपप्रमुखहरुले आफूहरु भूमिकाविहीन बनेको गुनासो पोख्न थालेका हुन् ।
अध्यक्ष र प्रमुखले हस्तक्षेप गरेको, जिम्मेवारी नदिएको, एकलौटी निर्णय गरेर निर्णयमा सहभागी नगराउने गरेको र आफ्ना योजनाहरु कार्यान्वयन गर्न नदिएको उपाध्यक्ष र उपप्रमुखहरुको आरोप छ । स्थानीय तहको निर्वाचनपछि करिव ४० प्रतिशत महिलाहरु स्थानीय सरकारको नेतृत्वमा छन् । तर स्थानीय तहका महिलाहरुले पुरुष नेतृत्वबाटै पीडित बनेका छन् । उसो त आज पनि कर्णालीका अधिकांश महिलाहरु घरदेखि सरकारसम्म पीडित बन्दै आएका छन् । घरेलु हिंसा, बहुविवाह लगायतका घटनामा महिलाहरु पीडित बनेका छन् ।
बहुविवाहमा उजूरीगर्दा माइतीको शरण !
अमर सुनार
दैलेख : महावु गाउँपालिका–४ रानीवन दैलेखकी २६ वर्षीया डीलाकुमारी सिजालीले छविलाल बलामीसँग विवाह गरिन । विहे गरेको करिव चार वर्ष नपुग्नै सौता हाले । लाग्दा २०७३ फागुन १८ गते श्रीमानले महावु गाउँपालिका–३ सुवाकोटकी २१ वर्षीया रबि बुचामगरलाई घरमा भित्र्याए ।
सँगै जीवन कटाउने कसम आएका श्रीमानले सौता हालेपछि प्रहरी गुहारिन । डीलाले १२ दिनपछि फागुन ३० गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिइन । प्रहरीले छविलाललाई २०७३ चैत ३ गते गिरफ्तार ग¥यो । तर राजनीतिक आडमा उनलाई बचाए । दलहरुको दबावपछि बहुविवाहको मुद्दा समेत दर्ता दिइनन् । अहिले छविलाल र रवि घरजम गरेका छन् भने डिला चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारास्थित माइतीमा आश्रय लिइर बसेकी छिन् । दुल्लू नगरपालिका–१३ मालिकाकी २३ वर्षीया गौरा कुमालले पनि २०७५ कात्तिक १६ गते सौता खेपिन ।
दुल्लू नगरपालिका–१३ मालिकाकी २३ वर्षीया गौरा कुमाल र उनकी दुइ छाेरी
२६ वर्षीय श्रीमान सुरज कुमालले दुल्लू नगरपालिका–५ छिउडीकी १९ वर्षीया सरस्वती विकलाई दोस्रो श्रीमतिको रुपमा भित्र्याए । श्रीमानले दोस्रो श्रीमति भित्र्याएपछि गौराले कात्तिक २७ गते बहुविवाह उजुरी दिइन । मुद्दा चलेपछि घरमा पारिवारजन असुरक्षित भएपछि दुई छोरीसहित अहिले भैरवी गाउँपालिका–४ भैरीस्थित माइतीकै शरणमा बसेकी छिन् ।
त्यस्तै गुराँस गाउँपालिका–७ ओखडेनीकी भविकला मगरले पनि २०७५ फागुन १९ गते सौता खेपिन् । ३६ वर्षीय मानबहादुर मगरले सोही ठाउँकी ३४ वर्षीया तुली रोकालाई दोस्रो श्रीमतिका रुपमा भित्र्याए । भविकलाले फागुन २५ गते बहुविवाहको उजूरी गरिन । उजूरी अदालत पुग्यो र मानबहादुरलाई एक वर्ष कैद र १० हजार जरिवानाको फैसल्ला भयो । तुलीले घरमा सौता छ भन्ने थाहा नपाई आएकी भन्ने बयानको आधारमा सफाई पाइन । तुलीले ढाटिन्, अदालतले उनकै कुरा पत्यायो । मानबहादुरले कैद भुक्तान गरेर अहिले तुलीसँगै घरमा गई बसेका छन् । भविकलाले दुई छोरा र एक छोरी सहित सुर्खेतको वीरेन्द्रनगरपालिका–११ गाग्रेतालस्थित माइतीमा बसेकी छिन् ।
गुराँस गाउँपालिका–७ ओखडेनीकी भविकला मगर र उनका छोरा र छोरी
माथि उल्लेखित घटनाहरु अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेपाल मानव अधिकार वर्ष पुस्तकमा सन् २०१७, २०१८ र २०१९ अवधिका एक–एक वटा प्रतिनिधि घटना ह्न् । वर्ष पुस्तकमा छापिएका बहुविवाहकै घटना केलाउँदा २०१७ मा नौ वटा, २०१८ मा १७ र २०१९ मा १८ वटा बहुविवाहका घटना अभिलेखीकरण भएका छन् । इन्सेकको जानकारी आएको अभिलेखीकरण अनुसार ४४ घटनमा बहुविवाह उजूरी दिने सबै माइतीको संरक्षणमा बसेका छन् । भैरवी गाउँपालिका–४ गडाजिउलाकी डम्वरकुमारी रावत बाहेक हिंसा पीडित महिला सबैजसो उजूरी गरेपछि घरबाट निकालिएका छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तककै तीन वर्षमा महिला माथि हिंसा भएको घटनामा प्रहरी र अदालतमा मुद्दा प्रक्रिया पुगेका घर निकाला, खानलाउन नदिएको लगायतका घरेलु हिंसाका ९७ वटा घटना छन् । अभिलेखीकरण छुटेका र जानकारी नआएका घटना पनि हुन सक्ने महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिश्वकर्माको टिप्पणी छ । अहिले दैलेख जिल्ला अदालतमा चलिरहेका मुद्दाको संख्या केलाउँदा यो आर्थिक वर्षको सात महिना अवधिमा श्रीमानबाट दुई जना महिलाको हत्या भएको, ११ वटा बहुविवाह, १६ वटा जवरजस्ती करणी, पाँच वटा बालविवाह, १२ वटा घरेलु हिंसा र ६७ जना महिलाले हिंसा सहेर घरबार गर्न सक्दिन भनेर सम्वन्ध बिच्छेदको मुद्दा दर्ता गराएका छन् ।
https://www.youtube.com/watch?v=WUVZ0zB6GKU
बहुविवाह उजूरी गरेपछि आफू बिल्लीबास उठ्छ र माइतीको बोझ बन्नुपर्छ भन्ने पहिले थाहा पाएको भए दुल्लू नगरपालिका–१३ मालिका घर भई दुल्लू नगरपालिका–५ छिउडी बस्तै आएकी गौरा कुमालको दुखेसो छ । धेरैले पढाई छोडेर बालविवाह गर्ने आर्थिक रुपमा आत्मनिर्भर हुन नसकेको कारण बहुविवाह गरेका धेरै महिला माइतीमा बस्न बाध्य भएका महिला तथा बालबालिका सेवा केन्द्रका संयोजक रमा श्रेष्ठ बताउँछन् । पहिले सहमती जनाइएका अवस्थामा अरु पारिवारिक विवादले धेरै बहुविवाह आएका अधिवक्ता सुरेन्द्र अधिकारीको टिप्पणी छ । बहुविवाह रोक्नका लागि समाजको सचेतना अझैं आवश्यकता रहेको उनी बताउँछन् ।
Discover the top UK online casino welcome bonuses for 2026. Compare real offers, learn how to claim, and avoid common pitfalls. Get expert insights on no deposit, free spins, and no wagering deals. read the best UK casino welcome bonus guide
Discover the best UK online casinos with high cashback bonuses in 2026. We compare real cashback rates, caps, wagering terms, and game eligibility across 10 licensed operators, helping you pick the refund that actually delivers value. read our up-to-date guide on the best cashback casino bonuses
Discover UK's best online casinos with no betting limits. Our 2026 guide compares high-limit tables, fast withdrawals, and VIP perks. Play real money without caps. read our no-limit casino guide
An unflinching, expert guide to the best UK online casinos offering big jackpot slots in 2026. We compare licensed operators, reveal the top progressive games, and explain what you need to know before chasing life-changing prizes. read the full guide to big jackpot slots casinos
Our independent 2026 guide ranks the best UK-licensed online casinos offering Divine Fortune slot, including jackpot tracking, exclusive versions, and real bonus comparisons with no invented dollar amounts. see the full list of UK Divine Fortune casinos
Find the top UK online casinos for Eyecon slots in 2026. We rank 8 licensed sites with real bonus terms, fast payouts, and full Eyecon game catalogues — no fluff, just facts. see the best Eyecon slots casinos for UK players
Discover the top UK online casinos offering Jackpot King slots in 2026. Our guide compares genuine operators, progressive jackpot mechanics, bonus offers, and the best Jackpot King titles like Eye of Horus, Fishin' Frenzy, and more. read the best jackpot king casinos guide
Find the best UK casinos with Mega Moolah in 2026. Compare bonuses, jackpots, and mobile play. Get the inside scoop on the legendary progressive slot. read the best Mega Moolah casino guide
Find the best UK online casinos for Megaways slots in 2026. See the top sites with free spins, highest RTP games, and expert comparisons of bonuses and game libraries. best Megaways casinos UK 2026