बहुविवाह मुद्दामा फरार अभियुक्त पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय जाजरकोटले बहुविवाह मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भेरी नगरपालिका –२ रिसाङ बस्ने अनिता शाह विक छिन्।
बहुविवाह गरेपछि जाजरकोट जिल्ला अदालतले उनलाई १ वर्ष ५ महिना १२ दिन कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
गएको भदौ ९ गते मुद्दाको फैसल्ला भएपछि फरार रहेकी उनलाई घरबाटै पक्राउ गरिएको जाजरकोटा डीएसपी मधुकुमार थापाले जानकारी दिए ।
शुक्रबार पक्राउ परेकी उनलाई अदालतको आदेश अनुसार कारागार पठाइएको प्रहरीले जनाएको छ ।






