आगलागीपछि खण्डहर बन्यो साइप्रसको जंगल

 

एजेन्सी । शनिबार साइप्रसमा ठूलो जंगल आगलागी भयो। लगातारको प्रयासपछि आइतबारमात्र आगलागी नियन्त्रणमा आयो।

उक्त आगलागीमा चार व्यक्तिको ज्यान गयो। घरहरू खरानी बने। गाउँ रित्तिएका छन्। जनावरहरूको इहलीला भएको छ। आगो निभाउन ग्रीस, इजरायल र अन्य देशहरूले भूमध्यसागरीय टापुमा अग्नि-लडाकु विमानहरू खटाएका थिए।

शनिबारबाट सुरू भएको आगलागीले उक्त देशको ट्रोडास पहाडको दक्षिणी भेगलाई प्रभावित पारेको छ। टाढाटाढासम्म आगोका लप्कोको लहर देखिएको छ भने आकाश मुस्लोले धमिलिएको छ।

हालसम्म कति क्षेत्रफलमा आगोले विनास गर्‍यो भन्नेबारे तथ्यांक भने सार्वजनिक भएको छैन। राष्ट्रपति निकोस अनास्तासियसिडले यो एउटा त्रासदीपूर्ण समय रहेको बताएका छन्। उनले यो विपत्तिलाई १९७४ पछिकै ठूलो आगलागी भएको बताएका छन्।

अनाजसियाड्सले भने, ‘आगोले ज्यान र सम्पत्ति गुम्यो। त्योभन्दा ठूलो कुरा जंगल नष्ट भएको छ। सरकारले पीडित र पीडित परिवारलाई तत्काल सहयोग पुर्‍याइरहेको छ।’

उनले आगलागीमा संग्लनलाई कडा कारबाही गरिने बताए। अधिकारीहरूले आगो नियन्त्रणमा आएपनि हावालाई पहिलेकै अवस्थामा फर्काउन पुन: उकास्न योजना ल्याउनुपर्ने बताएका छन्।

आगलागी भएपछि पछिल्लो समय साइप्रसमा तापक्रम बढेको छ। अहिले त्यहाँ ४० डिग्री सेल्सियसमाथि पुगेको छ। पछिल्लो समय अप्रिलको मध्यदेखि त्यहाँ थोरै मात्र वर्षा भइरहेको बताइएको छ।

तस्वीर : एजेन्सीको सहयोगमा

आगलागीपछि खण्डहर बन्यो साइप्रसको जंगल

कर्णालीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

आगलागीपछि खण्डहर बन्यो साइप्रसको जंगल

मिस नेपाल नर्थ अमेरिका-अन्तिम १९ जना प्रतियोगीहरुको

Leave a comment

Your email address will not be published. Required fields are marked *