भोलिदेखि भेरोसेल खोप अभियान

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस कोभिड—१९ बिरुद्धको भेरोसेल खोप अभियान ३२ स्थानबाट दिने भएको छ । जेठ २५ गतेदेखि सञ्चालन हुने खोप अभियानमा ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकले महानगरको पायक पर्ने वडाको खोप केन्द्रमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन सक्ने महानगरले जनाएको छ ।

महानगरपालिकाले २५ देखि २९ जेठसम्म खोप अभियान सञ्चालन गर्नेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गराएको थियो ।

सरकारले यसअघि भेरोसेल खोप १८ देखि ४९ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोपको दिएको थियो । यसपटक भने चीनमा उत्पादन गरिएको भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठनले १९ वर्षमाथिका जुन उमेर समूहले लगाउन मिल्ने जानकारी दिएपछि नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो ।

भोलिदेखि भेरोसेल खोप अभियान

चिनियाँ खोप लगाएका पाकिस्तानीलाई साउदीले भिषा दिएन

भोलिदेखि भेरोसेल खोप अभियान

८० करोड भारतीयलाई नोभेम्बरसम्म सित्तैमा खानेकुरा दिने

Leave a comment

Your email address will not be published. Required fields are marked *