अप्ठ्यारोमै सफलता मिल्छ : सन्तोषी शाही

नविन सुवेदी

सुर्खेत : सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही पहिलो पटक गृहजिल्ला सुर्खेत आएपछि पत्रकारसँग बोल्दै भनिन्, ‘सफलता अप्ठ्यारो भित्र लुकेको हुन्छ ।

जसका लागि संघर्ष गर्नुपर्दो रहेछ ।’ देशभरका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को उपाधि हात पारेकी पारेकी थिइन् । ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी मिसेस ब्युटी क्विन शाहीले फष्ट नेपाल फाउण्डेशनको तर्फबाट गरिने सेवाहरुमा समर्पित हुने बताइन् ।

उनले भनिन्, ‘नारी अब चुलो चौकोमा मात्र सिमित छैनन् भन्ने कुरालाई गाउँ समाज र देश तथा विदेशसम्म पु¥याउन जरुरी छ ।’ शारीरिक सौन्दर्यता मात्र होइन मिसेस ब्युटी क्विनमा क्षमता र दक्षतालाई समेत आधार मानेर प्रतिस्पर्धिबाट विजेता बनाइने परम्पराले आफूलाई निकै हिम्मत र शाहस दिएको शाहीको भनाइ थियो ।

तपाईको प्रतिक्रिया