बिदाबाट फर्किएनन् शिक्षक

                                                                                               तस्बिर : देश सञ्चार

हुम्ला : हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बित्नै लाग्दा पनि अधिकांश भन्दा शिक्षकहरु जिल्ला बाहिरै रहेका छन् । वार्षिक परीक्षापछि जाडो छल्न र जिल्ला बाहिरका शिक्षकहरु बिदा मनाउन घर गएको भए पनि हालसम्म जिल्लामा फर्किएका छैनन् ।

जिल्लाका अधिकांश विद्यालयहरुले हालसम्म नयाँ शैक्षिक सत्रको लागि भर्ना पनि नखुलाएको चंखेली गाउँपालिका वडा नम्बर २ का स्थानीय लालप्रसाद जैशीले बताए । उक्त क्षेत्रमा पर्ने केही बाहेक अन्य सबै विद्यालयका शिक्षकहरु गत मंसिर अन्तिम साता जिल्ला छोडेर गएको भए पनि हालसम्म फिर्ता नआएको उनले बताए ।

केही विद्यालयले भरखर नयाँ भर्नाका लागि सूचना खोलेको भए पनि अधिकांसले भर्ना पनि खोएिको छैन । यस वर्ष नियम अनुसार फागुन ४ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुनु पर्ने हो । पढाई कुनै पनि विद्यालयमा नभएको भए पनि केही विद्यालयहरुले नयाँ भर्ना खुलाएको सिमकोट गाउँपालिका वडा नम्बर २ ठेहेका स्थानीयले गुनासो गरेका छन् । तर, सिमकोट गाउँपालिकाका अधिकांश विद्यालयहरुले पनि भर्नासम्म नखोलेको उनीहरुको भनाई छ । उक्त गाउँपालिकाका मानसरोवर, बालमन्दिर, रलिङ मावि लगायतका विद्यालयले भने भर्ना कार्य जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया