कर्णाली सरकारका दुईवर्ष : अधुरै रहे महत्वाकाँक्षी योजना
युग संवाददाता
February 15, 2020 / २०७६ फाल्गुन ३ गते
0
सुर्खेत : आज फागुन ३ गते । कर्णालीमा प्रदेश सरकार गठन भएको दिन । प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेश सरकारले धेरै योजना र लोकप्रिय कार्यक्रमहरु पनि ल्यायो । तर कार्यान्वयन हुन नसक्दा सरकारका अधिकांश योजनाहरु अधुरै रहेका छन् ।
गठन भएसँगै प्रदेश सरकारले महत्वाकाँक्षी योजना र कार्यक्रमहरु सार्वजनिक गरेको थियो । पहिलो वर्षमा देशमा सबैभन्दा पहिला प्रदेशको नामाकरण र राजधानी टुंगा लगाउँदा सर्वत्र चर्चा भयो । त्यही चर्चासँगै हौसिएको सरकारले यो बीचमा धैरै योजना र कार्यक्रमहरु ल्यायो । तर दुई वर्ष विते पनि सरकारको काम गर्ने शैली सुस्त हुँदा कार्यान्वयन भने सुस्त देखिएको छ ।
यतिमात्र होइन, सरकारका अधिकांश योजना र निर्णयहरु नै अलपत्र परेका छन् । प्रदेश सरकारको काम गर्ने शैली सुस्त भएकै कारण प्रतिपक्षमात्रै होइन, सत्तासिन दलकै सांसदहरु पनि सरकारको कामप्रति सन्तुष्ट छैनन् । सडकदेखि संसदसम्म सत्तापक्षकै सांसदहरुले नै बारम्बार सरकारको आलोचना सुरु गरेका छन् । अधिकांश विकास योजना अधुरै रहेको, बजेट कार्यान्वयन गर्न नसकेको, कर्मचारी व्यवस्थापन नगरेको, मन्त्रीहरु जिल्ला भ्रमणमा व्यस्त भएको र अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना बढ्दो छ ।
यस्तै सरकारले अगाडी सारेका सुरुङ्गमार्ग, आफ्नै एयरलायन्स, अन्तर प्रदेश र जिल्ला जोड्ने सडक, दुर्गममा आवासीय विद्यालय स्थापना लगायतका योजनाहरु पनि हालसम्म कार्यान्वयन हुन सकेका छैनन् । यस्तै अर्गानिक प्रदेश घोषणा, हरेक महिना मनाइने भनिएको श्रम दिवस, एक गाउँपालिका, एक घरेलु उद्योग कार्यक्रम, व्यवसायिक खेती प्रणालीको प्रोत्साहन र प्रत्येक गाउँपालिका र नगरपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्ने कार्यक्रमहरु अधुरै रहेका छन् ।
त्यस्तै डिजिटल प्रदेश निर्माण, पर्यटन प्रहरीको गठन, छोरी बचत खाता, वृहत नागरिक लगानी कोषको निर्माण, भूउपयोग नीति निर्माण र वस्ती विकास कार्यक्रम, जडिबुटी, वन्यजन्तु र वन, र भौतिक पूर्वाधार सम्वन्धी कामहरु प्रभावकारी बन्न सकेका छैनन् । बजेट कार्यान्वनको अवस्था पनि सन्तोषजनक छैन । चालु आर्थिक वर्षको ६ महिना विते पनि पाँच प्रतिशत मात्रै बजेट खर्च भएको छ । बजेट नै खर्च गर्न सरकार असफल भएपछि सत्तारुढ नेकपाभित्रै सरकारको चर्को आलोचना भइरहेको छ ।
सरकारको काम गर्ने शैलीप्रति सत्तारुढ सांसदहरुले नै असन्तुटी व्यक्त गरिरहेका छन् ।
सरकारले ठानेका मुख्य उपलब्धि
सरकारको आलोचना भइरहँदा प्रदेश सरकारले भने दुई वर्षको अवधिका उल्लेखनीय काम गरेको दाबी गरेको छ । सरकारले कर्णाली प्रदेशको पञ्चवर्षिय आधारशिला तयार गर्न सक्नु, कर्णालीका जनताको विपद् बीमा कार्यक्रम, ‘बैक खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रम, कर्णालीमा आउने कर्मचारीलाई विशेष भक्ता दिने व्यवस्था, प्रदेश समन्वय परिषदको बैठक बसाल्नु, कर्णाली प्रर्यटन बोर्ड गठन, विभिन्न पर्यटकीय स्थलहरुको संरक्षण तथा विस्तार, सबै जिल्लामा मन्त्रालयका कार्यालयहरु राख्नु, कर्मचारीको संगठन व्यवस्थापन, करारमा कर्मचारीको पदपूर्तिलाई महत्वपूर्ण उपलब्धि मानेको छ ।
यस्तै पत्रकारहरुको बीमा कार्यक्रम, प्रदेशमा मानवमुक्त सडक निर्माण अभियानको थालनी, प्रदेशको नामाकरण, राजधानी तोक्ने, कर्णाली पर्यटन वर्ष, कर्णाली योजना आयोगको गठन, राहत तथा उद्धारका कार्य, कानुन निर्माणलाई सरकारले उपलब्धी ठानेको छ । सुर्खेत–काठमाण्डौँलाई सिधा हवाइ सेवा, जनताको गुनासो सुन्न ‘हाम्का कुडा हाम्मा मुख्य मुख्यमन्त्री कार्यक्रम’, कर्णालीमा लगानीकर्ताको ध्यानाकर्षण, अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता र अन्य विमानस्थलको स्तरोन्नतीका लागि थालिएको पहललाईसमेत सरकारले सफलता मानेको छ । त्यस्तै डोल्पा र हुम्लाका ज्येष्ठ नागरिक, फरक क्षमताका नागरिकलाई हवाई भाडामा सहुलियत, प्रदेशका दशै जिल्लाका लागि दश वटा एम्बुलेन्स उपलब्ध गराउनु लगायतका कामहरु जनताकै पक्षमा रहेको सरकारको बुझाइ छ ।
अब सरकारको गति बढ्छ
केवलप्रसाद भण्डारी प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
संघीय संरचनामा मुलुक रुपान्तरण भएपछि संरचनागत अभाव प्रमुख थियो । संघीयताको नयाँ अभ्यासले जुन गतिमा काम हुनुपर्ने हो, त्यो नसकेको सत्य हो । किनकी संघीयताको नयाँ अभ्यास, प्रदेशमा संरचनागत अभाव लगायतका समस्याले शुरुका वर्षमा स्पीडमा काम गर्न सकिएन ।
कानून निर्माणविना काम गर्न सम्भव थिएन । संघ, प्रदेश, र स्थानीय तहले कामहरु पनि दोहोरो भएकाले त्यसले पनि काम गर्न कठिन भयो । प्रदेशमा प्राविधिकतर्फका कर्मचारीभन्दा तल्लो तहका कर्मचारी बढी थिए । यसले पनि शुरुमा स्पीडमा काम अघि बढ्न सकेन । विभिन्न समस्याकाबिच पनि कर्णाली सरकारले सन्तोषजन काम गरेको छ ।
अझै यो गतिलाई बढाउन अभाव रहेका कर्मचारीहरु करारमा छनोट गरिसकेका छौं । विस्तारै प्रदेश सरकारले विगतका वर्षभन्दा बजेट खर्चमा वृद्धि हुने अपेक्षा छ । आवश्यक कानूनहरु प्रायः बनिसकेकाले कर्मचारी परिपूर्ति गर्दै विकास बजेट खर्चदर बढ्नेछ । आगामी दिनमा अब जनताले विकासको अनुभूत गराउनेगरी कर्णालीमा विकासको स्पीड बढ्नेछ ।
‘हेलिकोप्टर चढ्नेबाहेक अरु काम भएन’
प्रमुख प्रतिपक्ष दलको नजरमा भने सरकारले जनताको हितका एउटा पनि काम गर्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नजरमा सरकारले दुई वर्षको अवधिमा नेता कार्यकर्तालाई पोस्ने काम मात्रै गरेको उसको बुझाइ छ । ‘दुई वर्षको अवधिमा सरकारले एउटा पनि राम्रो काम गर्न सकेन’ नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भन्छन्, ‘सरकारलाई ध्यान जनताकोभन्दा पनि कसरी मन्त्री र कार्यकर्ताहरु समृद्धि बन्ने सकिन्छ भन्नेमा केन्द्रीत छ, दुई वर्षसम्म हेलिकप्टर चढ्ने र कार्यकर्ता पाल्नेबाहेक अन्य काम गर्न सकेन ।’
सरकारले ल्याएका अनुदानका कार्यक्रमहरु राजनीति गरेर जीवन निर्वाह गर्नेहरुलाई पाल्ने माध्यम बनेको उनको बुझाइ छ । प्रदेश सरकार हिजोको गाविस जस्तो भएको उनको टिप्पणी छ । ‘प्रदेश सरकार हिजोको गाविस जस्तो भयो, सरकारले परिवर्तित समयमा आफूलाई ढाल्न सकेन’ उनी भन्छन् ‘वीरेन्द्रनगरको सडक, खानेपानी जस्ता आधारभूत आवश्यकता पनि पुरा गर्न सकेन ।’ सडक, विद्युत र हवाई यातायातको सहज पहुँच नभएसम्म कर्णालीको समृद्धि हुँदैन भन्ने बझुेर पनि सरकारले कार्यकर्ताहरुलाई खुशी बनाएर अर्काे पटक चुनाव जित्ने रणनीति रच्न थालेको कांग्रेसको भनाइ छ ।
Discover the top UK online casino welcome bonuses for 2026. Compare real offers, learn how to claim, and avoid common pitfalls. Get expert insights on no deposit, free spins, and no wagering deals. read the best UK casino welcome bonus guide
Discover the best UK online casinos with high cashback bonuses in 2026. We compare real cashback rates, caps, wagering terms, and game eligibility across 10 licensed operators, helping you pick the refund that actually delivers value. read our up-to-date guide on the best cashback casino bonuses
Discover UK's best online casinos with no betting limits. Our 2026 guide compares high-limit tables, fast withdrawals, and VIP perks. Play real money without caps. read our no-limit casino guide
An unflinching, expert guide to the best UK online casinos offering big jackpot slots in 2026. We compare licensed operators, reveal the top progressive games, and explain what you need to know before chasing life-changing prizes. read the full guide to big jackpot slots casinos
Our independent 2026 guide ranks the best UK-licensed online casinos offering Divine Fortune slot, including jackpot tracking, exclusive versions, and real bonus comparisons with no invented dollar amounts. see the full list of UK Divine Fortune casinos
Find the top UK online casinos for Eyecon slots in 2026. We rank 8 licensed sites with real bonus terms, fast payouts, and full Eyecon game catalogues — no fluff, just facts. see the best Eyecon slots casinos for UK players
Discover the top UK online casinos offering Jackpot King slots in 2026. Our guide compares genuine operators, progressive jackpot mechanics, bonus offers, and the best Jackpot King titles like Eye of Horus, Fishin' Frenzy, and more. read the best jackpot king casinos guide
Find the best UK casinos with Mega Moolah in 2026. Compare bonuses, jackpots, and mobile play. Get the inside scoop on the legendary progressive slot. read the best Mega Moolah casino guide
Find the best UK online casinos for Megaways slots in 2026. See the top sites with free spins, highest RTP games, and expert comparisons of bonuses and game libraries. best Megaways casinos UK 2026