उमेर नपुग्दै बिहे गर्दा अधिकांश बच्चा कुपोषित

 

सुर्खेत : कम उमेरमा बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने विषयमा जानकारी नहुँदा बालविवाह बढ्दो छ । कर्णाली प्रदेशमा कलिलै उमेरमा विवाह गरेका आमाबाट जन्मिएको अधिकांश बच्चामा कुपोषणको समस्या देखिएको छ ।

कम उमेरमा बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने विषयमा जानकारी नहुँदा कम उमेरमा बच्चा जन्माउने प्रवृत्ति अन्त्य हुन सकेको छैन । कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा २० वर्षमुनिका बच्चाको आमा प्रायः आउने गरेका छन् । पुनःस्थापना गृह प्रमुख प्रभा सिंहलेपुनःस्थापना त्यहाँ आउँने अधिकांश आमा २० वर्षमुनिको रहेको बताइन् ।

‘हामीले आमाको छुट्टै रेकर्ड नराखे पनि यहाँ आएकालाई सोधपुछको क्रमबाट पनि उनीहरु २० वर्षमुनिका रहेको पाइन्छ’, उनले भनिन, ‘यस वर्षबाट बच्चासँगै आमाको पनि छुट्टै रेकर्ड राख्ने तयारी गरेका छौँ ।’ पोषणगृहको तथ्यांकअनुसार यस आर्थिक वर्षको साउनयता ६० बालबालिका उपचार गर्न पोषणगृहमा आएको छन् ।
तीमध्ये २१ बालिका र ३९ बालक रहेका छन् ।

शीघ्र कुषोषण भएका ३१ र मध्यम कुपोषण भएका २९ बालबालिका थिए । ४७ जना बालबालिका निको भएर गएका र छ जनालाई अन्यत्र रिफर गरिएको छ। प्रायः पाँच वर्षमुनिका बालबालिकामा कुपोषण हुने गरेको छ । आव २०७५/७६ मा मात्रै गृहमा एकसय ३ बालबालिका आएका थिए । कर्णालीमा बालविवाहको दर बढ्दो छ । प्रसूति हुन स्वास्थ्य संस्थामा आउने एक चौथाइभन्दा बढी किशोरी छन् । भेरीगंगा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सीता शर्माका अनुसार नगरपालिकामा प्रसूति हुनेमध्ये झण्डै आधा संख्या २० वर्षमुनिको आमा छन् ।

प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले अस्पतालमा प्रसूतिमा जटिलता आउने अधिकांश २० वर्षमुनिका रहेको बताए । ‘म आफैँले यो अस्पतालमा काम गरेदेखि यता धेरै डेलिभेरी महिलाको अप्रेशन गरेको छु जुन १९ वर्ष भन्दामुनिका आमाहरु धेरै छन्’, उनले भने, ‘बच्चाको उनीहरुको जन्म अन्तर पनि खासै फरक देखिँदैन ।’
बालविवाहको विषयमा विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गरेर अध्यापन गराउनुपर्ने जरुरी रहेको डा. अर्चना कार्कीले बताइन् । उनले भनिन्, ‘युवायुवतीलाई छिटो र ढिलो विवाह गर्दाका असरबारे सरकारको तर्फबाट शिक्षा दिन जरुरी छ ।’

उमेर नपुग्दै बिहे गर्दा अधिकांश बच्चा कुपोषित

करोडभन्दा बढी खर्च गर्दा पनि बिजुली आएन

उमेर नपुग्दै बिहे गर्दा अधिकांश बच्चा कुपोषित

‘मिडियाले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ’

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds