‘मन्त्री बन्न एमाले भएको होइन’

सुर्खेत । कर्णाली प्रदेशसभाका पूर्व सदस्य धर्मराज रेग्मीले आफू मन्त्री बन्न एमाले नभएको बताएको स्पष्ट पारेका छन् ।
वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै रेग्मीले मन्त्री बन्नका लागि नभई माओवादी अध्यक्ष पुष्पकमल दाहाल विचलित भएका कारण एमालेको प्रवेश गरेको दाबी गरेका छन् ।
‘नारायणकाजीसँग पार्टी एकता गर्दा प्रचण्डले प्रचण्डपथ त्याग्नुभयो एमालेसँग एकता गर्दा माओवाद त्याग्नु भयो’ एमाले प्रदेश सचिवसमेत रहेको रेग्मीले भने, ‘प्रचण्डको यही बिचलनका कारण म एमाले भएँ ।’
विचारमा स्खलन भएपछि प्रचण्डमा अर्काको बुई चढेर सत्ता प्राप्त गर्ने बानी परेको आरोप समेत लगाए । उनले सांसद हुँदा मतदाताको पक्षमा काम गरेको दाबी समेत गरे ।






