हेलिकोप्टरलाई कोभिडमाथि तुवाँलो संकट : चार दिनदेखि काठमाडौंमा उडान ठप्प

काठमाडौं । हेलिकोप्टर व्यवसायीलाई कोरोना भाइरसको संकटमाथि तुवाँलो संकट थपिएको छ । काठमाडौंको आकासको भिजिविलिटी (हावाको पारदर्शीपन) कमजोर बनेसँगै सबै हेलिकोप्टर ग्राउण्डेड बनेका छन् ।

मनाङ एयरका प्रवन्धक राजु न्यौपानेका अनुसार हेलिकोप्टर पाइलटको नांगो आँखाले देखेको भरमा उडाउनु पर्ने एयरक्राफ्ट हो । सोहीकारण उपकरणका माध्यमबाट उडान–अवतरण गर्न सकिने जहाजहरुले मात्र धुलाम्य आकाशका बीच उडान गर्न सकेका छन् ।

हेलिकोप्टरको उडान–अवतरण भने प्रभावित बनेको छ । ‘कोरोनाले यसै थलिएका कम्पनी चार दिनदेखि ठप्प छन्,’ उनले भने, ‘प्रकृति र मौसमको बाटो हेर्दै बसेका छौं ।’ अहिले आकस्मिक अवस्थामा पनि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर उड्न सक्दैनन् ।

यस्तो अवस्थामा नेपाली सेनाको हेलिकोप्टर उडाउने गरिन्छ । हेलिकोप्टरका लागि भने नागरिक उड्डयन सम्बन्धी नियम लाग्दैन । सोहीकारण आपतकालिन अवस्थामा भने सेनाले कम भिजिविलिटीमा समेत हेलिकोप्टर उडाउने गर्छ ।

हेलिकोप्टरलाई कोभिडमाथि तुवाँलो संकट : चार दिनदेखि काठमाडौंमा उडान ठप्प

युवतीलाई जबरजस्ती अबिर दल्दा ग्याङ फाइट, २

हेलिकोप्टरलाई कोभिडमाथि तुवाँलो संकट : चार दिनदेखि काठमाडौंमा उडान ठप्प

घाइते सहचालक नदीमा फालेको आरोपमा चालक पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *