समयमै उद्दार नहुँदा सुत्केरीको ज्यान गयो

मुगु, २९फागुन ।

सोरु गाउँपालिकामा एकजना सुत्केरीको समयमै उपचार नपाउँदा ज्यान गएको छ । सोरु गाउँपालिका–५ नेर गाउँकी २३ वर्षीया धनलक्ष्मी शाहीको बिहीबार मृत्यु भएको हो । धनलक्ष्मीले बुधबार स्थानीय नेर स्वास्थ्यचौकीमा बच्चा जन्माएकी छिन् । साल ननिस्किँदा बेहोस भएकी शाहीको अत्यधिक रक्तश्रावबाट मृत्यु भएको हो । सुत्केरीको उद्दारकालागि जिल्ला प्रशासन र जिल्ला अस्पताललाई तत्कालै जानकारी गराइएको भएपनि हेलिकप्टर नआउँदा नेकपा एमाले मुगुका अध्यक्ष धर्मबहादुर 

शाहीले बताए । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले संचार सेवाका कारण ढिलो जानकारी आएको बताए । जानकारी पाउनेबित्तिकै गृह मन्त्रालयमा समन्वयन गरी हेलिकोप्टर काठमाडौंबाट सुर्खेत पुग्दासम्म सुत्केरीको ज्यान गइसकेको उनले बताए । जिल्ला सदरमुकामदेखि नेर गाउँपुग्न दुई दिन पैदल हिँड्नुपर्छ । शाहीले छोरीको जन्म दिएकी छिन् ।

समयमै उद्दार नहुँदा सुत्केरीको ज्यान गयो

एमालेको इन्चार्जमा कँडेल सचिवमा रेग्मीलाई जिम्मेवारी

समयमै उद्दार नहुँदा सुत्केरीको ज्यान गयो

अर्गानिक प्रदेश बनाउन अझै १५ वर्ष लाग्नसक्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *