मौरीपालनमा बढ्दो लगानी

सल्यान, २८ फागुन ।

सल्यानमा व्यावसायिक मौरीपालनमा लगानी बढे पनि मह उत्पादन भने घट्दै गएको छ। कम लगानीबाट पनि धेरै आम्दानी हुने मौरीपालनमा किसानको आकर्षण बढेको थियो । तर, मह उत्पादन घटेपछि किसानहरु चिन्तित बनेका छन् । गत वर्ष मात्रै कालिमाटी गाउपालिकाको वडा नम्बर १, २, ३ र ४ मा मौरी ब्लक तथा कुमाख 

गाउँपालिका–३ मा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ । सरकारले मौरीपालन व्यवसायमा लगानी बढाउँदै लगे पनि त्यसको प्रतिफल भने घट्दै गएको छ । आर्थिक वर्ष २०७५÷७६ मा जिल्लाभर एक हजार ५३० मौरीघार थियो। जसबाट १९ मेट्रिक टन मह उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा मौरी घारको

संख्या बढेर दुई हजार १३० पुग्यो । तर, मह उत्पादन घटेर १० दशमलब ५ मेट्रिक टन पुग्यो । यस्तै, आर्थिक वर्ष २०७७÷७८ को हालसम्म कात्तिके मह झण्डै ३० प्रतिशतले

उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र सल्यानले जनाएको छ । सल्यानको कालीमाटी, कुमाख, त्रिवेणी र कपुरकोट गाउँपालिकामा मौरीपालन हुँदै आइरहेको छ । यस क्षेत्रमा बर्सेनि मौरीपालनको क्षेत्रमा लगानी बढाउँदै गए पनि मह उत्पादनमा भने कमी आएको कृषि ज्ञान केन्द्र सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए। ‘सल्यान मौरीपालनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो तर बिगतका वर्षको

तुलनामा यस वर्ष मह उत्पादन घटेको छ,’ आचार्यले भने, ‘मौसम परिबर्तनका कारण मह उत्पादन कम भएको हुनसक्छ ।’ कालीमाटी क्षेत्रमा झुसिल किराको प्रकोप देखिनु, मौरीको चरण क्षेत्र नबढ्नु तथा सुक्खायामका कारण फूल नफुल्नु र फुलेका फूलहरु पनि बेलैमा सुकेर जाँदा मह उत्पादनमा कमी आएको हुनसक्ने आचार्यको भनाइ छ ।

मौरीपालनमा बढ्दो लगानी

सजिलो छैन एमालेभित्र पुनर्मिलन

मौरीपालनमा बढ्दो लगानी

सिंजामा खुल्यो आँखा उपचार केन्द्र

Leave a comment

Your email address will not be published. Required fields are marked *