चार छोराछोरीसहित आत्महत्या, हात बाँधिएको अवस्थामा शव फेला

२५ फागुनअन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा दैलेखको आठबीस नगरपालिकाकी एक महिलाले घरेलु हिंसाका कारण चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी छन्। आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुनिता बडुवालले १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता, १९ वर्षीय छोरा ललित र

सात वर्षीया छोरी रजनीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका प्रहरीको छ।ति मध्ये १५ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव अछामको पञ्चदेवल नगरपालिकाको टोट्केसाल नजिकैको कर्णाली नदीको भंगालोमा सोमबार दिउँसो साढे दुई बजेतिर फेला परेको छ। प्रहरीले सुनिताका श्रीमान मानसिंहलाई

पक्राउ गरेको छ। शव फेला परेको दुबै छोरीका हातहरु बाँधिएका थिए।प्रहरी चौकी राकमका इन्चार्ज ज्ञानबहादुर रानाका अनुसार आइतबार बेलुका चार बजेतिर सुनिता चार छोराछोरीसहित घरबाट हिँडेकी थिइन्। ‘दुई छोरीको शव फेला परेलगत्तै अनुसन्धानका लागि सुनिताका श्रीमानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका

छौं,’ रानाले भने, ‘बाँकीको खोजीकार्य भइरहेको छ।’आठबीस नगरपालिकाका उपमेयर दीपा बोहराका अनुसार घरेलु हिंसाका कारण यो घटना भएको हो। ‘श्रीमान जहिल्यै मदिरा सेवन गरेर कुटपिट गर्ने गरेको जानकारीमा आएको छ,’ उपमेयर बोहराले भनिन्, ‘घटना भएको दिनमा पनि श्रीमानले श्रीमती र छोराछोरीलाई कुटपिट गरेको पाइएको छ।’नागरिक दैनिकबाट साभार 

चार छोराछोरीसहित आत्महत्या, हात बाँधिएको अवस्थामा शव फेला

तलब नपाएको भन्दै करार स्वास्थ्यकर्मी आन्दोलित

चार छोराछोरीसहित आत्महत्या, हात बाँधिएको अवस्थामा शव फेला

विप्लव वामपन्थको निहुरमुन्टी न

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds