तलब नपाएको भन्दै करार स्वास्थ्यकर्मी आन्दोलित

सुर्खेत, २५ फागुन ।

तलब नपाएको भन्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । दुई महिनादेखि तलब नपाएको भन्दै विशेषज्ञ सेवा अन्तर्गतका ५८ जना करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् । फागुन मसान्तभित्र आफ्ना माग सुनुवाइ नभए चैत १ गतेदेखि आकस्मिक बाहेकका सेवा 

बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् । ल्याब टेक्निसियन भक्तबहादुर बीसीका अनुसार आन्दोलित स्वास्थ्यकर्मीहरुले अस्पतालका निर्देशक डा. डम्बर खड्का, मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै फागुन मसान्तभित्र तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । प्रदेश अस्पतालका निर्देशक डा. खड्काले भने प्रदेशको

सामाजिक विकास मन्त्रालयबाट पर्याप्त बजेट नआउँदा विशेषज्ञ करारका कर्मचारीलाई तलब सुविधा दिन नसकिएको बताए । चालु आर्थिक वर्षको भदौमै बजेट अभाव भएपनि अस्पतालले विभिन्न स्रोत जुटाएर पुससम्मको तलब खुवाएको तर, माघदेखि भने खुवाउन नसकिएको डा. खड्ककाले बताए । ‘हामीले भदौयता विभिन्न स्रोतहरु जुटाएर तलब र सेवा सुविधा दियौं । तर, अब सबै स्रोतहरु सकिएको

छ,’ खड्काले भने, तलब सुविधाको लागि प्रदेश सरकारसँग पटक–पटक माग गरेपनि बजेट आउन सकेको छैन ।’ कर्णाली प्रदेश सरकार गठन भएसँगै विशेषज्ञ सेवा विस्तार निर्देशिकामार्फत प्रदेशका विभिन्न अस्पतालहरुमा करारमा विशेषज्ञ कर्मचारी राखेको थियो ।

हिउँले खोप अभियान प्रभावित

तलब नपाएको भन्दै करार स्वास्थ्यकर्मी आन्दोलित

चार छोराछोरीसहित आत्महत्या, हात बाँधिएको अवस्थामा शव

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds