हुम्लाको सिमकोट विमानस्थलमा आगलागी

जुम्ला, १८ मंसिर ।

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलमा आगलाग भएको छ।

बिहीबार बिहानै लागलागी भएको प्रहरीले जनाएको छ। विमानस्थलका प्रमुख बस्ने क्वाटरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख ९डीएसपी० सूर्यप्रकाश सुवेदीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

उनकाअनुसार आगोको लप्को बाहिर निस्केपछि मात्रै घटनाका बारेमा थाह भएको हो। आगो नियन्त्रणका लागि जिल्लास्थित नेपाल सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीय खटिएका थिए। चिसोले पानी जमेका कारण आगो निभाउ समस्या भएको थियो।

बाबियाचौरमा वातावरणको साधारणसभा सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *