थप २८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३८९ पुग्यो

काठमाडौं, १० मंसिर ।

नेपालमा एकै दिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि मंगलबार २४ जनाको मृत्यु भएको थियो।

एकै दिन १ हजार ९ सय ४८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।

गत २४ घण्टामा ९ हजार २ सय १० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १६ लाख ९० हजार ५ सय ९ जना पुगेको छ। हाल ६ सय ६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

थप २८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३८९ पुग्यो

सिजनमै घट्न थाल्यो सुनको मूल्य

थप २८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३८९ पुग्यो

अनि नियम कसले मान्ने ?

Leave a comment

Your email address will not be published. Required fields are marked *