धारामा लुगा धुन र नुहाउन रोक

सल्यान, २१ कार्तिक ।

जिल्लाको शारदा नगरपालिका वडा नं १४ ढारखानीमा पानीको चरम अभाव भएपछि स्थानीयले धारामा लुगा धुन र नुहाउन रोक लगाएका छन् । वषौंँदेखि खानेपानीको चरम समस्या भोग्दै आएका ढारखानीका स्थानीयले पिउने पानी नै नपुग्ने भएपछि धारामा लुगा धुन र नुहाउन रोक लगाएका हुन् ।

१४० घरधुरी रहेको उक्त गाउँमा स्थानीयवासीले पानीका लागि निकै कष्ट भोग्नु परिरहेको छ । यो भन्दा पहिले लुगा धुने र नुहाउने गरेपनि अहिले पिउने पानी नै नपुगेपछि रोक लगाइएको स्थानीयले बताएका छन् । हिँउदको समयमा पानीको मुहान सानो हुने भएकोले खानेपानी अभाव हुन नदिन यस्तो उपाय अपनाएको स्थानीय गणेश गिरीले बताएका छन् । उनका अनुसार खानेपानी लिनका लागि पालो लगाउने गरिएको छ ।

‘लुगा धुने र नुहाउने गर्दा पिउनका लागि पानी नपुग्ने भयो,’ उनले भने, ‘खानेपानी मात्र भएपनि पुगोस् भनेर हामीले यस्तो निर्णय गरेका हौं ।’ आफूहरूलाई पिउनका लागि समेत पानी नपुग्ने भएकाले यसरी जोहो गर्ने उपाय निकालेको अमृता घर्तीले बताइन् । उनले भनिन्, ‘नुहाउन र लुगा धुन त शारदा खोलामा जाँदा पनि हुन्छ, तर खानेपानी शारदाबाट बोकेर ल्याउन निकै धामा पर्छ ।’ यस क्षेत्रमा खानेपानी सुविधा विस्तार गर्न अहिलेसम्म जिम्मेवार निकायले पहल नगरेको स्थानीयले बताएका छन् ।

धारामा लुगा धुन र नुहाउन रोक

सम्झौता रद्द भएका डेढ सय शिक्षकलाई पुनर्नियुक्ति

धारामा लुगा धुन र नुहाउन रोक

क्याम्पसलाई शिक्षाको ‘हव’ बनाउँछु

Leave a comment

Your email address will not be published. Required fields are marked *