सम्झौता रद्द भएका डेढ सय शिक्षकलाई पुनर्नियुक्ति

रुकुम पश्चिम, २१ कार्तिक ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले करार सम्झौता रद्द गरेका डेढ सय शिक्षक, कर्मचारीहरूलाई पुनः नियुक्त गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण करार सम्झौता रद्द गरिएका शिक्षकहरूको करार सम्झौता आठ महिनापछि पुनः थप गरिएको हो ।

नगरपालिका आफैँले नियुक्त गरेका शिक्षक तथा कर्मचारीहरूको करार सम्झौता गत वैशाखमा रद्द गरेको थियो । राजस्व बाँडफाँड शीर्षकबाट आउनुपर्ने बजेट नआएको र विद्यालयसमेत बन्द रहेको अवस्थामा एक सय ६६ जना शिक्षक, कर्मचारीहरूलाई हटाएको थियो । सम्बन्धित विद्यालय र नगर शिक्षा, युवा तथा खेलकुद शाखाबाट गरिएको कार्यसम्पादन मूल्यांकनबाट सफल भएका एक सय ४५ जनाको करार सम्झौता नवीकरण गरेको नगर शिक्षा समितिले जनाएको छ । सहिद स्मृति नमुना माध्यमिक विद्यालयमा कार्यरत पाँचजना शिक्षक, कर्मचारीको करार सम्झौता पनि थप गरिएको छ । उनीहरूको असोज २१ र अन्य डेढ सय शिक्षक, कर्मचारीको कात्तिक १ देखि लागू हुने गरी करार सम्झौता नवीकरण भएको नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

सम्झौता रद्द भएका डेढ सय शिक्षकलाई पुनर्नियुक्ति

मानसरोवरको दर्शन गर्न भारतीय पर्यटक हुम्लामा

सम्झौता रद्द भएका डेढ सय शिक्षकलाई पुनर्नियुक्ति

धारामा लुगा धुन र नुहाउन रोक

Leave a comment

Your email address will not be published. Required fields are marked *