मानसरोवरको दर्शन गर्न भारतीय पर्यटक हुम्लामा

हुम्ला, २१ कार्तिक ।

नेपाली भू–भागबाट मानसरोवर कैलाशको दर्शन गर्नका लागि पहिलो भारतीय धार्मिक पर्यटकहरुको टोली सदरमुकाम सिमकोट पुगेर लाप्चातर्फ लागेको छ ।

कोरोनाको कारण यसवर्ष हिल्सा नाका नखुलेपछि बन्द रहेको मानसरोवर कैलाशको यात्राको यो सिजनकै अन्त्यतर्फ नेपाली भुभागबाटै दर्शन गर्ने गरि सुरु भएको छ । कैलाश ट्रेकका पर्यटन व्यवसायी बिष्णु रावतले नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीको लाप्चा क्षेत्रबाट पहिलो भारतीय धार्मिक पर्यटकहरुको टिम मानसरोवर कैलाशको दर्शन गर्ने गरी सिमकोट पुगेर लाप्चातर्फ लागेको बताए ।

टिम नेपालगंज हुदै सिमकोटबाट स्थानीय गाडीमा लाप्चातर्फ लागेको हो । टिममा पाँच जना भारतीय धार्मिक पर्यटकहरु सहभागी छन् । टोलीले तीन देखि चार दिनमा मानसरोवर कैलाशको नेपाली भुभाग लाप्चाबाट दर्शन गरेर सदरमुकाम सिमकोट फर्कने छ । एक रात टोलीले चार हजार दुई सय मिटर अग्लाईमा रहेको तुम्लिङमा बास बस्नु पर्नेछ । भोलिपल्ट बिहान पाँच हजार मिटर अग्लो लाप्चाबाट खुला आँखाले दर्शन गर्न पाउने छ । दर्शन गर्ने दिन मौसम भने सफा हुनु पर्नेछ । उक्त रुटको प्रचार प्रसार र अवस्थाको अध्ययनका लागि रावतले पनि केही समय अगाडी लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरेका थिए । रावतले यो टोलीको यात्रा सफल रहे यसै सिजनमा अरु बीस देखि पच्चीस टिमले मानसरोवर कैलाशको दर्शन गर्ने तय भएको बताए ।

नजिकबाट दर्शन गर्न नपाए पनि यो यात्रा हेलिकोप्टरको भन्दा निक्कै सस्तो समेत हुनेछ । नेपाली भुभागबाट मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक पर्यटकहरु हुम्ला आएर लाप्तातर्फ लागेपछि हुम्लाका पर्यटन ब्यबसायी, होटेल र यातायात व्यवासयी खुसी भएका छन् । केही वर्ष अगाडिबाट आन्तरिक पर्यटकहरुले पनि मानसरोवर कैलाशको लाप्चाबाटै दर्शन सुरु गरेको भएपनि यस वर्षमात्र तीन सय भन्दा बढी आन्तरिक पर्यटकहरुले दर्शन गरेका थिए । पर्यटकीय क्षेत्रका रुपमा लाप्चाले बिस्तारै गति लिदै छ ।

मानसरोवरको दर्शन गर्न भारतीय पर्यटक हुम्लामा

प्रधानमन्त्रीका कुरा

मानसरोवरको दर्शन गर्न भारतीय पर्यटक हुम्लामा

सम्झौता रद्द भएका डेढ सय शिक्षकलाई पुनर्नियुक्ति

Leave a comment

Your email address will not be published. Required fields are marked *