अति विपन्न परिवारलाई घर

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, ४ कात्तिक ।

रुकुमपश्चिमका ६ वटा स्थानीय तहका अति विपन्न परिवारले नयाँ घर पाएका छन् । रुकुमपश्चिमका १ सय २८ विपन्न परिवारले घर पाएका हुन् । कर्णाली प्रदेश सरकारको जनता आवास कार्यक्रम मार्फत जिल्लाका अति विपन्न तथा घरवार नभएका परिवारले नयाँ घर पाएका हुन् । जनता आवासको जिम्मा भने स्थानीय तहले लिएका थिए ।

कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०७६ र ०७७ को जनता आवास कार्यक्रमबाट ६ वटा स्थानीय तहका अरुको घरमा शरण लिएर बसेका, घर बनाउन नसकेका र सिमान्तकृत परिवारका लागि नयाँ घर निर्माण भएका हुन् । जनता आवास समितिले रुकुमपश्चिमका २ निर्बाचन छेत्र बाट १ सय २९ जनालाई नयाँ घरका लागि छनोट गरेकोमा १ वटा घर सुचीबाट हटाएको वा निर्माण हुन नसकेको पूर्वाधार विकास कार्यालय चौरजहारीका प्रमुख भुपेन्द्र प्रसाद जैसीले बताए ।

निर्बाचन छेत्र नम्बर १ को आठबिसकोट नगरपालिकामा २८ , बाफिकोट गाउपालिकाका १८ र मुसिकोट नगरपालिकाका १८ गरि ६४ वटा घर पाएका हुन र त्यस्तै छेत्र नम्बर २ का चौरजहारी नगरपालिकाका २८ , सानीभेरी नगरपालिकाका १९ र त्रिबेणी गाउपालिकाका १७ गरि ६५ वटा घर निर्माण भएको पुर्बधार कार्यालय चौरजहारी जनाएको छ ।

एक घर निर्माणको लागि पूर्वाधार विकास कार्यालयले ३ लाख १० हजार रुपैया उपलब्ध गराएको थियो । २ कोठे घर निर्माण गरिएको छ । सबै घरको निम्ति बाफिकोट गाउँपालिका वडा नम्बर ३ सिम भाग्लेका सुनिल बिकले पहिलो पटक नयाँ घरमा बस्न पाएपछि खुसी व्यक्त गरेका छन् । उनले दैनिकी माछा मारेर खर्च चलाउनदै आएका थिए । तर अहिले दशैँ तिहार आएपछि नयाँ घरमा बस्न पाउँदा सुनीलका परिवार खुसी भउका छन् ।

कुनै स्थानीय तहमा भने घर ठड्याउने बाहेक रङ रोगनको काम भएको देखिदैन । बाफिकोट गाउँपालिकामा निर्माण भएका अधिकांश घरहरु राम्रोसँग निर्माण हुन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया