कर्णाली प्रदेशका पूर्वकानूनमन्त्री शाहीको निधन 

सुर्खेत, ३ असोज । 

कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ । जिल्ला विकास समिति दैलेखका सभापति, नेपाली कांग्रेसका जिल्ला सभापतिको समेत जिम्मेवारी सम्हालेका शाही अग्रणी नेताका रूपमा स्थापित थिए ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ दैलेख बुडेली निवासी शाहीको ७७ वर्षको उमेरमा आज निधन भएको हो । हृदयघात भएपछि कर्णाली प्रदेश अस्पताल पुर्याइएका उहाँको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । नेता शाहीको निधनप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दुःख व्यक्त गरिएको छ ।

कर्णाली प्रदेशका पूर्वकानूनमन्त्री शाहीको निधन 

संविधान जारी भएपछिका ११ वर्षः  व्यवस्था फेरियो,

कर्णाली प्रदेशका पूर्वकानूनमन्त्री शाहीको निधन 

दुई किशोरीको उद्धार, दुई पक्राउ 

Leave a comment

Your email address will not be published. Required fields are marked *