मुख्यमन्त्री आचार्यद्वारा तीजलाई नारी सम्मान र सामाजिक रुपान्तरणको अवसर बनाउन आग्रह

 दाङ ,२९ भदौ ।

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका तीजलाई नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको सन्देश फैलाउने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ ।

हरितालिका तीजको अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनुभएको छ । उहाँले तीजका माध्यमबाट महिला अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तीकरण तथा सामाजिक रुपान्तरणका विषयमा समेत जागरण फैलिँदै गएको उल्लेख गर्नुभएको छ ।

परिवार, समाज र राष्ट्र निर्माणमा महिलाको योगदान अतुलनीय रहेको भन्दै मुख्यमन्त्री आचार्यले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा, अन्याय र असमानताको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । महिलाको सम्मान, अधिकार, समान अवसर र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उहाँको भनाइ छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, नेतृत्व तथा निर्णय प्रक्रियामा महिलाले समान अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सके मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने उहाँले बताउनुभएको छ ।

मुख्यमन्त्री आचार्यले तीजका अवसरमा समाजमा रहेका कुरीति, अन्धविश्वास, हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक चेतना अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले तीजको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै अनावश्यक तडकभडक र खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गर्न पनि आग्रह गर्नुभएको छ । तीजलाई सरल, सभ्य र सामाजिक उत्तरदायित्वसहित मनाउन उहाँले सबैमा अपिल गर्नुभएको छ ।

हरितालिका तीजले नेपाली समाजमा समानता, पारस्परिक सम्मान, सहकार्य र सामाजिक एकताको भावना बलियो बनाउँदै समृद्ध, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यद्वारा तीजलाई नारी सम्मान र सामाजिक रुपान्तरणको अवसर बनाउन आग्रह

घुँयत्राे:एमाले फुट्ला कि बा छुट्लान् ? बादल–भट्टतिर

मुख्यमन्त्री आचार्यद्वारा तीजलाई नारी सम्मान र सामाजिक रुपान्तरणको अवसर बनाउन आग्रह

सम्पादकीय : अब नसरोस दशौँ खेलकुद

Leave a comment

Your email address will not be published. Required fields are marked *