घुँयत्रो:भदौ २५ को बाढी : सडकमा पानी, घरमा पानी, जनताको मुखमा गाली—नगरपालिकामा भने शान्ति !

भदौ २५काे सुर्खेतमा पर्या पानी सम्झन्यै लाएक्काेथ्याे । याे बर्ष याे भन्दा ठूलाे पानी परेकाे पनि थिएन । अब सायद पर्दैन पनि हाेला । याे बर्षकाे सबभन्दा ठूलाे वर्षा र पैलाे पटक सुर्खेत उपत्यका भित्रका ईत्राम,खार्खाेलि, खाेर्के र नेवारे खाेलाँ भल त आयाे नै त्याे भन्दा अँझ ठूलाे बाढि दैलेख चाेकदेखि ईत्राम खाेला नारायण पेट्रोल पम्पसम्म हाईवेमा निकास नपाएर थुन्निएकाे बाढिले चाइँ फाेरलेन सडकछेउछाउका घर ,पसल,व्यापार ,ब्यवसाय चुर्लुम्मै डुबे । त्यसपछि सामाजिक सञ्जालाँ नगरप्रमुख विरुद्ध यसरी कमेन्ट आएकि जसरि पानी परेर सडक चुर्लुम्म भाथ्याे त्यसरिनै सामाजिक सन्जा नि गालिले चुर्लुम्मै डुब्याे । अनि ती गालि बन्दुककै गाेलि जस्ताे हुने भए मेयर साहब त उत्तिखेरै देह त्याग गर्थिन हाेला । तर ,के गर्नु नेता हुन, जति गालि गरेनि सहनै पर्ने, कि राजनीति नै छाेडेर जानू पर्याे हैन भने जनताले गर्या गालिनि सहनै पर्याे । खासमा मेयर साहबलाईनै गालि गर्नु पर्ने कारण के पर्याे भने यश अघिनि त्याे ठाउँ डूबान परेकाे त्याे सडककाे पानी निकासका लागि नगरबासीले बेलाबेलाँ मेयर साहबलाई गुहार्ने गर्या । तर मेयर साहबकाे याे ५ बर्षकाे अबधि सक्किन लाईसक्याे तर त्यहाँ वर्षा बर्सेनि पानी ताल पर्ने तर पानी सुक्याे कि जनतालेनि बिर्सने अनि जनप्रतिनिधिलेनि बिर्सने हाे कि त्याे ठाउँमा बजेट नहाल्ने नीति हाे पानी निकासका लागि बजेट छुट्याईएन, काम भएन । तर त्याे वडा अरुपाटिकाले जित्या नभै एमाले नै जित्या र एमालेकाे बर्चस्वभा वडा हाे । एमालेले बजेट देन भनम्भनेनि त्याे ८ नं वडाँ एमालेलेनै जित्याछ र तिनै वडाध्यक्ष टिकाराम शर्मानै मेयर माेहनमायाँका प्रमुख सल्लाहकार छन / सल्लाहकार हुन । अनि त्यै वडाँ बस्ने आफ्ना नगरपालिका कार्यालयका हर्ता कर्ता तथा मेयरका सल्लाहकार टङ्क लामिछानेनि त्यै छेउछाउमा बस्छन । त्यतिमात्र हैन मेयर साहबकाे वडा नै त्यै हाे । भन्नत धेरैले एमाले पाटि अध्यक्ष कुलमणि देबकाेटा र नगरप्रमुख बिच पानी बाराबारकाे स्थिति रहेकाे र जुन सडकमा पानी निकास नभएर जलमग्न हुन्छ त्यै स्थानमा पाटिअध्यक्ष देबकाेटाकाे घर भएकाले पनि नगर र नगरका सल्लाहकारहरु सहित मेयरकाे मिलेमताेमै त्यहाँ नगरपालिकाले निकास नगराएकाे गुनासाे एमालेकै कार्यकर्ता र बाढिले घर डुबानमा परेकाहरुले गर्ने गरेकाछन । वास्तविकता त तिनै सराेकार र पाटिसित जाेडिएकाहरुलाई थाह हाेला । तर, हामी सरसर्ति हेर्ने मान्छेका लागि चाइँ कर्नालिकाे सदरमुकामकाे बजार ,फाेरलेन सडक, हाईवे अनि एरपाेर्टबाट आउने मुख्य नाका यस्तोमा पनि नगर पालिकाले किन निकासका लागि ध्यान नदिएकाे हाेला भन्ने लाग्दछ । तर उपत्यका सडकहरु जहाँ पानी आउने बित्तिकै बाटोभरि पानिकाे रेलाे खेलाे हुन्छ ।पानिले सडक विगारेकाे विगार्यैछ । तर नगर पालिकाका सडक प्राविधिकहरु सडककाे २ फिटमाथिसम्म नाला बनाउँछन ।जसका कारण पानिले सडककाे आयु क्षीण मात्रै गर्ने हैन कि सडकमा हिँडनेहरुले ठूलाे परेसानि व्यहाेर्नु पर्दछ । जब सडकमा आउने पानी नालिमा बगाउनेनै हैन त्याे सडक भित्रैबाट बगाउने हाे भने अनाहकमा लाखाैँ कराेडाैँ खर्च गरेर नालि किन बनाईन्छ । के त्याे प्राविधिककाे मनपरि र लापर्वाहि हैन ? कित नालिबाट पानी फाल्नु पर्छ भन्ने प्राविधिकमा ज्ञानै नभएर हाे । वीरेन्द्र नगरका हरेक सडकमा नालिछन तर ती सबै सडकभन्दा २ फिट माथि नालि बनाईएका छन । कुनै पनि जन प्रतिनिधिले यश बिषयमा कुराे उठाएकाे पाईँदैन । हैन ऐलेकाे आधुनिक डिजाईनमा नालि सडकभन्दा ३ फिट माथिबाट जानै पर्ने हाे नालाबाट पानी बग्न जरुरी छैन भने पनि यश विषयमा नगरपालिकाले नगरबासीलाई जानकारी दिँदा राम्रो हुन्थ्याे किनभने नगरबासीले सडकमा जति पानी बगेनि जनप्रतिनिधि र कर्मचारीहरुलाई तथानाम गालि त गर्थेनन हाेला । हुनत गुमनाम हुने जनप्रतिनिधि र कर्मचारीलाई बेलाबेलामा सम्झिनका लागि पनि नगरले नालि र सडक अनि ढल निकासबारे जानकारी नदेकाे हाेला सायद । अब याे वर्षनि सक्कियाे पानी पनि सक्कियाे अनि जनप्रतिनिधिकाे पदावधि नि सकिँदैछ त्यसैले अब यी जनप्रतिनिधिले ढल निकास पक्कै बनाउने छैनन , अब यिनबाट आशपनि नगरम् । आउने चुनाबमा जिम्मेवारी बुझ्ने नेता आएछन भने आगामी वर्षमा ढलनिकास बनाउन अनुराेध गरम्ला हैन भने यी जनप्रतिनिधिकाे ५ बर्षे कार्यकालमा बनेन अब प्रतिनिधि , सल्लाहकार, वडाध्यक्ष र मेयर उपमेयरलाई गालि गरेर मात्रै क्यार्नु । जनप्रतिनिधि ज्युहरुकाे जयहाेस ।




