एमयूको रजिष्ट्रारमा  डाक्टर सुदीप ठकुरी नियूक्त

सुर्खेत, १७ भदौ ।

मध्यपश्चिम विश्वविद्यालय (एमयू) को रजिष्ट्रारमा सहप्राध्यापक डाक्टर सुदीप ठकुरी नियूक्त भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा ठकुरीलाई मंगलबार एमयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले रजिष्ट्रारमा नियूक्त गरेका हुन् । शाही त्रिभुन विश्वविद्यालयमा सहप्राध्यापकको रुपमा कार्यरत छन् । जलवायु विज्ञ ठकुरी एमयूको विज्ञान तथा प्रविधि संकायको डीन भएर काम गरिसकेका व्यक्ति हुन् । २३–२४ भदौको जेन–जी विद्रोहपछि निर्माण भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पुराना राजनीतिक नियूक्ति खारेज गरेपछि प्राडा शोभाखर कँडेल पदमुक्त भएका थिए । कँडेल पदमुक्त भएपछि सरकारले कार्यबहाक रजिष्ट्रारमा अर्जुनबहादुर ऐडीलाई जिम्मेवारी दिएको थियो । 

एमयूको रजिष्ट्रारमा   डाक्टर सुदीप ठकुरी नियूक्त

मानसिक स्वास्थ्य सरकारको  प्राथमिकतामा छ : मन्त्री

एमयूको रजिष्ट्रारमा   डाक्टर सुदीप ठकुरी नियूक्त

पूर्वमुख्यमन्त्री शर्मा जब  रोस्टमको अघि पलेटी कसेर

Leave a comment

Your email address will not be published. Required fields are marked *