रसुवा बाढीपीडितका लागि वीरेन्द्रनगर बचत तथा ऋण सहकारीको १ लाख १ हजार सहयोग

सुर्खेत ,१५ भदौ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
सहकारीले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।
सहकारीका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षति भएको र प्रभावित नागरिकको दैनिक जीवनसमेत कठिन बनेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो।
सहकारीले विपद्को यस दुःखद् घडीमा प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ।
साथै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा सहकारीले जोड दिएको छ। सहयोग रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहकारीले जनाएको छ।

रसुवा बाढीपीडितका लागि वीरेन्द्रनगर बचत तथा ऋण सहकारीको १ लाख १ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई जनहितकारी सहकारीको एक लाख एक

Leave a comment

Your email address will not be published. Required fields are marked *