भोटेकोशी बाढीपीडितका लागि महावै गाउँपालिकाले २ लाख सहयोग गर्ने

हस्त चाैलागाईं

कालिकाेट ,११ भदौ ।

रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति महावै गाउँपालिकाले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
महावै गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिमा बाढी तथा पहिरोका कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। साथै बाढीमा परी बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको सहज उपचार तथा विस्थापितहरूको सुरक्षित पुनर्स्थापनाका लागि सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ।
गाउँपालिकाले उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी उपलब्ध गराउने जनाएको छ। प्राकृतिक विपद्को कठिन समयमा प्रभावित क्षेत्रका परिवारलाई केही राहत र हौसला मिलोस् भन्ने उद्देश्यले सहयोगको घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।


यसैबीच, महावै गाउँपालिकाले बाढी तथा पहिरोको घटनाप्रति शोक व्यक्त गर्दै २०८३ भदौ ११ गते बिहीबार गाउँपालिकाको कार्यालयअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक एक दिन शोक बिदा दिने निर्णयसमेत गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी कार्य जारी रहेको छ भने सरकारले समेत प्रभावितको उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न निर्णय गरिरहेकाे गाउपालिका अध्यक्ष खेम बहादुर सिंह ले जानकारी दिए ।

भोटेकोशी बाढीपीडितका लागि महावै गाउँपालिकाले २ लाख सहयोग गर्ने

नगरेको गल्तीको सजाय भोग्दै मुस्ताङवासी

Leave a comment

Your email address will not be published. Required fields are marked *