बाढीमा परेका १ सय १४ जनाको उद्धार

काठमाडौं ,१० भदौ।

रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीमा परेका ११४ जनाको उद्वार गरिएको छ ।
नेपाली सेना र निजीक्षेत्रका हेलिकप्टरले ११४ जनाको हवाई उद्धार गरेका हुन् । नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजीक्षेत्रका विभिन्न हेलिकोप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् ।
नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा ५ जना, बेत्रावतीमा ४जना, त्रिशूली–काठमाडौंमा तीन जनाको उद्धार गरेको छ ।
त्यसैगरी निजीक्षेत्रअन्तर्गत कैलाश हेलिकोप्टरले रसुवा–टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट ३, जना, अन्नपूर्ण हेलिले रसुवाबाट टिचिङ अस्पतालमा ४ जनाको उद्धार गरेका छन् ।
साथै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा २ जना, फिसटेलले रसुवा–टिचिङ अस्पतालमा ५ जना, एभरेष्टले रसुवा–टिचिङ अस्पतालमा २ जना र प्रभु हेलीले रसुवा–वीर अस्पतालमा २ जनाको उद्धार गरेका छन् ।

 

 

 

 

 

 

बाढीमा परेका १ सय १४ जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या २२

बाढीमा परेका १ सय १४ जनाको उद्धार

६९ हजार ९९९ रुपैयाँमा मोटोरोला एज ७०

Leave a comment

Your email address will not be published. Required fields are marked *