कृषि जोनको क्षेत्र विस्तार

सल्यान, १५ साउन ।
सरकारले सल्यान र रुकुम पश्चिमका विभिन्न स्थानीय तहहरूमा सञ्चालित कृषि जोनको क्षेत्र विस्तार गरेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सल्यानले दुवै जिल्लाका नगरपालिका तथा गाउँपालिकाका विभिन्न वडाहरू समेटिने गरी क्षेत्र विस्तार भएको जानकारी दिएको हो ।
सल्यानका शारदा नगरपालिका, बागचौर नगरपालिका र दार्मा गाउँपालिका तथा रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कृषि जोन क्षेत्र विस्तार भएको कार्यान्वयन एकाइ सल्यानका वरिष्ठ कृषि अधिकृत अनिल कुमार कानु बनियाले जानकारी गराए ।
विस्तारित क्षेत्र अनुसार सल्यानको बागचौर नगरपालिकाका वडा १, ४ र ५ तथा दार्मा गाउँपालिकाका वडा १, ४, ५ र ६ मा सुन्तलाजात फलफूल जोनको दायरा बढाइएको छ । त्यस्तै शारदा नगरपालिकाका वडा ६, ७, १२ र १४ मा धान जोन तथा वडा १, २, ६, ११ र १२ मा तरकारी जोन विस्तार गरिएको छ ।
त्यसैगरी रुकुम पश्चिममा ओखर र मकै बालीको व्यावसायिक उत्पादनलाई प्रवद्र्धन गर्ने गरी क्षेत्र निर्धारण गरिएको छ । जस अन्तर्गत आठबिसकोट नगरपालिकाको वडा ९ तथा सानीभेरी गाउँपालिकाका वडा ५ र ६ मा ओखर जोन विस्तार गरिएको छ । सानीभेरी गाउँपालिकाकै वडा ३, ४ र ७ मा भने मकै जोनको क्षेत्र विस्तार गरिएको वरिष्ठ कृषि अधिकृत बनियाले जानकारी दिए ।
कार्यालयका अनुसार कार्यक्रम व्यवस्थापन एकाइको उच्च प्राविधिक कार्य समूहको यही साउन ११ गते बसेको बैठकले जोनको क्षेत्र विस्तार गर्ने निर्णय गरेको थियो । क्षेत्र विस्तार भएका वडाहरूका कृषकहरूले अब आधुनिकीकरण कार्यक्रम मार्फत प्राविधिक सेवा, अनुदान तथा कृषि औजार सम्बन्धी सुविधाहरू प्राप्त गर्न सक्नेछन् । दुबै जिल्लामा व्यवसायिक कृषि उत्पादन बढाउन र स्थानीय किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कृषि जोनको क्षेत्र विस्तार

पाक्नुअघि नै बजारमा जुम्ली स्याउ

कृषि जोनको क्षेत्र विस्तार

भिरबाट लडेर महिलाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *