घुयँत्राे:”ऋण जापानको, टोल सरकारको, किस्ता जनताको !”

आर्थिक ब्यवस्थापन र मीत ब्ययीताका कुरा गर्ने अर्थशास्त्री ज्युहरु भन्नुस त अढाई किलाे मिटर बाटाे छाेट्याउन २५ अर्बकाे ऋण लगाएर सुरुङ मार्ग खन्नु उचितहाे कि त्यति पैशाले अर्काे याेजना बनाएर त्याे सम्पन्न गर्नु ठिक हाे । हुन त नयाँ नाैलाे विकासकाे विराेधि रैछ याे भनेर मलाई तथानाम गालि गर्नु हुन्छ हाेला गर्नुस ल ! तर, मैले भन्न खाेज्या केहाे भने हामी जस्ता गरिब मुलुकका मान्छेले त्याे नाग ढुङ्गा सुरुङ मार्गमा २५ अर्ब खर्चिनु भन्दा त्यै नागढुङ्गा सिस्ने खाेलासम्म फाेरलेन सडक बनाभा सडकनि बन्थ्याे र अर्काे याैटा याेजनानि पूरा हुन्थ्याे । तर कमिनिष्टहरुलाई देखावटि विकास चाहिन्छ त्यै देखावटि विकासका लागि १६ बर्ष लाग्याे याे नागढुङ्गा सुरुङमार्ग पूरा गर्न । हुनत सरकारी व्यापार र पैशा कमाउन सुरुङमार्गकाे ब्यापारनि ठिकैछ । किनभने फाेरलेन सडक बनाभा सरकारी वजेट मात्रै खर्च हुन्थ्याे तर याे सुरुङमार्ग बापत त पैशा उठाउन नि पाईयाे अनि सरकारले पैशा कमाउननि पायाे १०/२० जना आफ्ना मान्छेलाई जागिर दिननि पाईयाे नेपाली नेताहरु भनेछि आफन्तलाई जागिर दिन नि पाईयाे । अनि त्यै उठ्या पैशा भष्टाचार गर्न नि पाईयाे यसाट फाईदा त दुबैछ । तर पनि हाम्राे भनाई के भने हामी जस्ता गरिब मुलुकले त्याे जाबाे ढाई किमि सडक छाेट्याउननि त्यत्राे जाेरजुलुम किन गर्या हाेलान भन्न खाेज्या हाे विराेध गर्न खाेज्याचाईँ हैन है । हुन त अर्का शीत ऋणै मनग्या त हाे आँफुले खर्च गर्या हैन त्याेलजाबाे ऋण तिर्न दशबिस बर्ष ढिलाे गर्दने वा तिर्नै सक्दैनम् भन्ने हाे भने जापानले त्यसै पनि मिनाहा गर्छ । त्यसाे त ७० पुरानाे साथि जापानकाे याे ऋण लिएर काम गर्नाले भाेलिका दिनमा अरु याेजना आयाेजनाँनि सहयाेग गरन त भन्ने हाे भने जापानले सजिलै सहयाेग गर्न सक्छ । खासमा भन्ने हाे भने याे सुरुङ मार्ग हेरेछि अरुलेनि याे जापानकाे टेक्नाेलाेजि आफ्नाे देशमन भित्र्याउन सक्छन र टेक्नोलोजी बेच्न पाएछि जापान पनि खुस । हाम्राे मुलुक फेरि यस्तै सुरुङमार्गै सुरुङमार्ग भित्र्याएर काम गर्नेलखालकाे ठाउँछ । डाँडाकाँडा पहाडै पहाडले बन्या देश त भैगाे सुरुङ मार्ग बनाउन पाए कति सजिलाे हुन्थ्याे भन्ने लाग्छ । हुननि त्यै हेटाैडाट दक्षिणकालि सुरुङ बनाउनपाए धार्मिक टुरिस्टले दक्षिणकालि कति भरिँदाे र काठमाडौं आउन कति सजिलाे हुँदाे सुरखेताट डुङ्गेश्वर सुरङ मार्ग बनाउनसके सुर्खेतेहरु काकाकुल किन बन्नु पर्दाे दैलेखबाट नाग्म वा तातापानि सुरुङमार्ग बनाउन पा भा जुम्लाका स्याउ कति सजिलै बजार पुग्दा हुन अनि जुम्लाकाे चन्दननाथ र मुगुकाे रारा पुग्नेकाे कति भिड लाग्दाे ? अनि म्याग्दी बाट कागबेनि हुँदै कति अन्तर्राष्ट्रिय टुरिष्ट मुस्ताङ पुग्दा हुन अनि हामी कति सम्पन्न हुँदाम । वास्तबमा यी ह्याँ लेखिएका ठाउँ त उदाहरण मात्रै हुन । नेपालाँ विकास गर्ने हाे भने सुरुङमार्गनै राेज्ने हाे । तर ह्याँका भष्टाचारीका कारण दुई बर्षाँँ हुनेकाम १५ बर्ष लाई दिन्छन र पाे त ! विगत १५ बर्षदेखि शुरुभाकाे नागढुङ्गा बल्ल सिद्दियाे तर सुरुङ मनरगैबाट भेरिकाे पानी वर्दिया पुर्याउन बनाईएकाे भेरिबबई डाईभर्सन भन्ने आयाेजना २ वर्षाँ सकिन्छ भनेकाे चाईनिजहरले काम गर्दा २ बर्षमै काम सके त्यसपछिकाे ठेक्का जब वलिले नेपालिलाई दिए बस,त्याे नेपाली ठेकदार त्यै भेरिमा डुबुल्की मार्दैछ काम कैले सक्ने हाे ठेगान छैन । त्यसैले आफ्नै मुलुकका ठेक्दारलाई काम दिने खालका याेजनाले देशकाे हित हाेला जस्ताे छैन त्यसैले यस्तै महंगा आयाेजना बनाएर काम गर्दा ठिकै हाेला जस्ताे नि लाग्छ हेराैँ नयाँ नाैलाे सरकार आछ कसरी गर्छ हेर्दै जाम्न जे हाेला हाेला । हैन र सरकार !

घुयँत्राे:”ऋण जापानको, टोल सरकारको, किस्ता जनताको !”

जुम्ली स्याउ किन ब्रान्ड बन्न सकेन ?

घुयँत्राे:”ऋण जापानको, टोल सरकारको, किस्ता जनताको !”

जुम्लामा १ सय ३२ जनालाई घरमै राहदानी

Leave a comment

Your email address will not be published. Required fields are marked *