घुयँत्राे:”सय दिनको हनिमुन, विपक्षको सय दिनको हल्ला !”

बालेनकाे सरकार बनेकाे आज ( २० असाराँ ) १०० दिन पुग्याे रे। सायद सरकारले आज हनिमुन मनाउने हाेला । १३ चैताँ सरकार बनाउने बेलाँ १०० दिनाँ सय काम गर्ने भनेर प्रधानमन्त्रीले घाेषणा गर्याथे त्यै भएर सय दिनाँ सय कनम गरेर भ्याउन प्रभानमन्त्रिलाई भ्याई नभ्याई भयाे । उता विपक्षि भनाउँदाहरु प्रधानमन्त्री सदनाँ आएर सदनाँ हाम्ले बाेल्या कुरा जवाफ देनन भनेर रुवनबनसी र चिच्याकलाे गर्दै विपक्षिले नि सय दिन गुजारे । प्रजातान्त्रिक ब्यवस्थाँ
बहुमतले शासन गर्ने अल्पमतवालाहरुका कुरा सुन्ने त हाे । कुरा सुन्दैमा तिनरका कुरा मान्न पर्छ भन्ने त छैनन नि । त्यसै त चुनाबाँ टुप्पिएका विपक्षिहरका कुरा सदनाँ सरकारले के सुन्छ मे । विपक्षिका कुरा सुन्ने कि काम गर्ने । हिजाे आँफुहरले सरकार चलाउँदा कुरा सुन्ने काम नगर्ने बानि पर्या विपक्षिहरु ऐल्या सरकार कुरा सुन्नु भन्दा आँफुले लिएकाे लक्ष्यअनुसारकाे काम गर्न तल्लिन भएछि पुराना दलहरुमा यस्ताे छटपटि देख्खियाे कि सदनमा आँफआँफै मारकाट गर्लान् सम्मकाे स्थिति आयाे । प्रधानमन्त्री सदनाँ उभिएर जवाफ दिएन भनेर सदनै चल्न नदेर उत्ताउला बनेका पूराना दलका नेताहरुकाे गतिविधिलाई जनताले मतलबै नराख्देछि बिचारा पुराना दल अन्तत खुम्चिएर सदन चलाउन बाध्य भए । सय दिनाँ गर्ने सयवटा काम मध्ये धेरै जसाे काम त सरकारले गरेरै छाेड्याे तर प्रतिपक्षकाे सहयाेग विना हुँदै नहुने काम मात्रै बाँकी राख्याकुरा त विपक्षि आँखाहरले देखेकै हाेलान । हिजाेका दिनमा यी पुराना दलले सत्ता चलाउँदै गर्दा यसरी सय दिनमन गर्ने कनम भनेर त्यसकाे फेहरिस्त बनाएर खुरुखुरु ती काम सक्दै जाने र त्यसपछि फेरि अरुकामहरुकाे लिष्ट बनाएर ती काम कति दिनमा सक्ने भनेर क्रमिक रुपमा सपमा ताेकेर काम गर्दै गरेकाे भए के याे ३५ बर्षमा याे देशकाे हालत यस्तै हुन्थ्याे हाेला ? अनि यिनै पुराना दलका विरुद्ध आन्दोलन गरेर यिनिहरुलाई पदच्युत गरेर नयाँदल स्थापित हुने अस्था आउँथ्याे र ? अबस्य आउँथेन । नत पुराना दलहरु सत्ताबाट च्युत हुन्थे न याे हरिविजाेग अबस्थाँ रहनु पर्थ्याे । आफ्नै कारणले देशलाई भष्टाचार र काण्डै काण्डमा चुरुलुम्मै डुबाएर ऐले त्यै भष्टाचारकाे जगजगीले कुन बेला काल काेठरीकाे बास हुने हाे थाहा छैन । न दिनकाे भाेक न रातकाे निद भएर बस्नु पर्दा समेत चेत नखुलेका नेताहरुकाे अहंकारले गर्दा पाटिमा रहेका अन्य कार्यकर्ताकाे समेत विजाेग भएकाेछ । यिनिहरकै कारण देशमा चुनाब हुनु अनि नितान्त युवाहरुले चुनाबमा दुई तिहाई ल्याएर राज्य सन्चालनकाे अनुभव बिनानै पनि सरकार चलाउन पाउनु अनि त्यै अबसरलाई छाेपेर साै दिन सौ काम गर्न कम्मर कस्नु र सम्भब भएसम्म सौ दिनमा ती काम गरेर देखाउने लक्ष्य लिएर अघि बढनु र नगरि नहुने काम भएरै छाेडनुले पनि युवाहरुलेदेशका लागि केही गर्छन भन्ने कुराकाे विश्वाश जनतामा दिलाउन सक्नु पनि ठूलै कुरा हाे । साै दिनमा साै कामनै पूरा गर्न नसके पनि निरन्तर लागि रहँदा, भष्टाचार अन्त्यकाे जग बस्नु , हिजाेका दलिय कर्मचारीकाे अबकास हुनु,विश्वविद्यालयहरुमा गैरदलिय उपकुलपति नियुक्त गरिनु , सरकारी संस्थान,सन्चार क्षेत्रमा नयाँ नेतृत्व बनाईनु , सेवा अबधि ३० र उमेर हद ५५ लगाएर कर्मचारी हटाउने तयारी हुनु , केही कर्मचारीहरु आफसेआफ जागिर छाेडेर जानू, लालपूर्जा दिन शुरु गर्नु , न्यायपालिकामा उथलपुथल गराउनु,राजदुतहरुकाे नयाँ नियुक्ति , चालक लाईसेन्स वितरण, पासपोर्ट वितरणमा सहजता,जस्ता थुप्रै कामहरु साै दिनमा भै सकेका छन भने जनतामा पनि याे सरकारले काम गर्नसक्छ भन्ने पूर्ण विश्वाश पैदा गराएकाेछ । सरकार आफ्नाे राेडम्यापमा चल्न पूर्ण सफल भएकाेले पुराना ३ दलहरुमा छट्पटी भएकाेछ ।यसकै कारण ३ दल सडक र सदन दुबै ठाउँबाट सरकारकाे विराेधमा उत्रिएर बालेन सरकारलाई काम गर्न नदिने खिचडि पकाउँदै छन । सरकारले यीनिहरुकाे खिचडि पाक्नु अघि यिनले गरेका कर्तुतहरुका फायल खाेलेर यिनिहरुकाे भागाभाग गराउने हाे भने मात्र सरकारले ढुक्कसित काम गर्न पाउँ छ र साै दिन सफल भएझैँ पाँचै बर्ष पनि सफल भएर जानेछ । तर, सरकारले आफ्नाे सफलताका लागि विगतमा पुराना दलले बेचेका सबै कारखाना र उद्योग व्यवसायकाे सन्चालन ,युवाहरुलाई राेजगारी, शिक्षामा आमूल परिवर्तन,कर्नालिका विद्युत,परियाेजनाहरु र दुईवटा सिमेन्ट कारखाना सन्चालन, दैलेखकाे ग्याँस , जाजरकाेटकाे पत्थर र नवलपरासीकाे फलाम खानि उत्खनन् र किसानका लागि मल कारखानकाे स्थापनाबाट देश विकासकाे शुरुवात गरियाे भने आउने १५ बर्षमै हनमी पनि सम्पन्न मुलुकका नागरिकमा दर्ज हुन सक्छम यसका लागि सरकारले निश्पक्ष रुपमा काम गर्न सक्नु पर्छ । त्यसाे भयाे भने अरु १५ बर्ष जनताले सरकारी दल परिवर्तन गर्ने छैनन् अन्यथा केहाे कसाे हाे भन्न सकिन्न ।





