कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता आजबाट

सुर्खेत, १८ असार ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । परिषद्ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आज (बिहिबार) देखि २२ असारसम्म कर्णाली प्रदेश रङ्गशालामा सञ्चालन गर्न लागिएको जनाएको छ ।

कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका फुटबल टोलीको सहभागिता रहने जनाए । प्रतियोगिताको मुख्य उद्देश्य प्रदेशका प्रतिभावान खेलाडीको पहिचान, फुटबलको विकास तथा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी तयार गर्नु रहेको चन्दले बताए ।

परिषद्का अनुसार प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल महासंघको प्रचलित नियमअनुसार सञ्चालन हुने खेल नकआउट प्रणालीमा खेलाइनेछ । प्रत्येक टोलीमा १८ देखि २० जना खेलाडी र ५ जना अफिसियल गरी २५ जनासम्म दर्ता गर्न पाइने व्यवस्था गरिएको छ ।

प्रतियोगिताका क्रममा अनुशासन, निष्पक्षता र खेलभावनालाई प्राथमिकता दिइने तथा रेफ्री र प्राविधिक समितिको निर्णय अन्तिम हुने जनाइएको छ । विजेता टोलीले नगद दुई लाख ५० हजार रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, फेयर प्ले टोलीलाई १० हजार रुपैयाँ, उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई १५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ । प्लेयर अफ द म्याचलाई प्रत्येक खेलमा दुई हजार पाँच सय रुपैयाँ बराबरको विशेष पुरस्कार दिइनेछ ।

प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको २ लाख रुपैयाँ बराबरको खेलाडी दुर्घटना बीमा समेत गरिएको परिषद्ले जनाएको छ । परिषद्का अनुसार यस प्रतियोगिताले कर्णाली प्रदेशमा फुटबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा योगदान पुग्ने अपेक्षा परिषद्को छ ।

कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता आजबाट

कर्णाली कप क्रिकेटको उपाधीका  लागि सुर्खेत र

कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता आजबाट

खजुरामा अर्ग्यानिक खेती प्रवर्द्धनलाई जोड : २८

Leave a comment

Your email address will not be published. Required fields are marked *