घुयँत्राे:“अध्यादेश एक्सप्रेस: सरकार दौडमा, पुराना दल ब्रेक लगाउँदै!”

देशमा पुरानादल काँग्रेस कमिनिष्टकाे भष्टाचारी प्रवृतिशीत आजित भएर जेनजीहरुले गरेकाे आन्दोलनका पछाडि धेरै कुराहरुकाे सुधार र देशकाे प्रगतिकाे चाहना लुकेकाेछ । खासगरि पुराना दलहरुले संविधान त बनाउनु पर्ने कानुन नबनाउनु बनाईएका कानुननि विकासका बाधक बन्नु र देशकाे भष्टाचार र बेथिति निर्मुल गर्न वर्तमान संविधान र कानुन बाधक बन्नु र पुराना दलहरुकाे स्वईच्छाचारितामा बनेकाे देशकाे निजामति प्रशासन र मनपरि रुपमा गरिएका नियुक्ति अनि ती नियुक्तिहरुलाई बर्खास्त गर्न बाधक ती पुराना कानुनकाे अबस्थामा जेनजी आन्दोलनकाे सफलता ,आन्दोलनकै आडमा बनेकाे सरकारले गराएकाे निर्वाचन र निर्वाचनमा जेनजीकै दल अर्थात रास्वपाले चुनाब जितेर बनाएकाे २ तिहाईकाे सरकार र सरकारले गरेकाे बाचा अनुसार गर्नु पर्ने गतिविधिलाई बाधक बन्न नदिई जनताकाे चाहना पूरा गर्न सरकारले चाल्नु पर्ने पाईलामा पुराना दल र कानुन बाधक बनेपछि सतर्कता पुर्वक सरकारले टेकेकाे पाईला स्वरुप ल्याईएकाे अध्यादेश र अध्यादेशकाे विरुध्दमा एक भएका विपक्षि दल र त्यसकाे मतियार बन्न पुगेका राष्ट्रपतिकाे ब्यवहारले फेरि अशान्ति सृजना हुने देखिन्छ । खासगरि संसदमा विधेयक पेश गरि सकेके पछि त्यसले कानुनकाे रुप प्राप्त गर्न दुईमहिना भन्दा बढि लाग्ने र त्यसमा पनि राष्ट्रिय सभामा वर्तमान सरकारकाे पक्षमा मत नभएकाले पनि याे सरकारले गर्न खाेजेका कुनैपनि काम नहुने र देशकाे आर्थिक प्रशासन छिन्नभिन्न हुने अबस्था देखिएपछि सरकारले सदननै स्थगित गरि अध्यादेश ल्याएर आँफुले बाचागरेकै समयमै सबैकाम गर्दै जाने साेच बनायाे । तर पुराना दलहरु याे सरकारलाई कामगर्न नदिन सदन छलेर अध्यादेश ल्याएकाे आराेप लगाउँदै अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति समेतसित गुहार मागिरहेका छन । संविधाननै संसाेधन गर्न पनि तल्लाे सदनमा मात्र याे सरकारकाे बहुमत भएकाे र माथिल्लाेमा बहुमत नहुँदा कुनै पनि ऐन पारित हुन धेरै लामाे समय लाग्ने वा ऐन नै पारित नहुने अबस्था आउने र सरकारले चाहेकाृ काम गर्न नसक्ने तथा ऐन सदनमा अडकिने बित्तिकै कर्मचारी प्रशासनले देशलाई अस्थिर बनाएर भष्टाचारकाे विगविगि फैलाउने भएकाले पनि सरकार त्याे अबस्थै आउन नदिएर अध्यादेश मार्फत काम गर्न र देशलाई विकासकाे अग्रगतिमा लग्न चाहन्छ । तर पुरानादल एमाले काँग्रेस कुनैपनि हालतमा सरकारलाई सफल हुन नदिन अनेकन बखेडा सृजना गर्न खाेज्दैछ ।त्यसमा राष्ट्रपति समेत संलग्न हुने जस्ताे देखिएपछि सामाजिक सन्जाल राष्ट्रपतिका विरुद्ध उत्रँदैछ । वास्तवमा यस्ताे हुनु कसैका लागि पनि राम्रो हैन । सरकार बनेकाे आज ३६ दिन हुँदैछ ।याे बिचमा सरकारले आँफुले बाचा गरेकाे धेरै काम गरि सकेकाेछ र गर्दै पनि छ । सरकारले यसरिलकाम गरेकाे देखेपछि पुरानादलहरु जनताकाे नजरबाट धेरै तल गिरि सकेकाछन । यै गतिमा याे सरकार गएमा भाेलिका दउनमा यी तिनवटै दल एमाले,माओवादि र काँग्रेसकाे नेपाली राजनीतिमा नामाे निसान नभेटिने भएछि पुरानादलहरु अडङ्गा थापेर केही गर्न सकिन्छकि भन्ने दाउमा लागि रहेका छन । उता राष्ट्रपति पनि पुरानै दलकाे पक्षमा लागेर देशलाई पश्चगमनतिर लग्न थालेकाे कुरा आई रहेकाेछ  तर, यी पुराना दलहरुसित लागेर राष्टपतिले आफ्नाे मानमर्दन र हैसियत गुमाउनु हुँदैन ।बर्तमान सरकारकाे नियत गलत नभई जतिसक्याे छिटाे देशलाई सम्हाल्दै लैजाने हाे भने आँफुले जनतासित बाचा गरेकै दिनभित्र ताेकियका काम गर्ने हाे त्यसका लागि कानुन संसदबाट पास गराएरभन्दानि अध्यादेशबाट काम गराउँदै जाने पछि सदन चल्दाका बखत ऐन पास गर्ने हाे । अध्यादेशका पछाडि सरकारकाे नियत सफाछ । त्यसैले राष्ट्रपतिले नि सरकारलाई साथ दिनु पर्छ र राम्रो कामका लागिलहाेस्टेमा हैंसे गर्नु पर्दछ । त्यसैले राष्ट्रपति ज्यु यी जनताबाट तिरस्कृत भै सकेका पाटिका पछि लागेर अध्यादेश स्वीकृत नगर्ने खेलमा नलाग्नुस यसले तपाईंकाे जनताप्रतिकाे लगानि डुब्छ र ईतिहासले तपाईं लाई धिक्कार्नेछ ।बेलैमा चेतना भया ।
घुयँत्राे:“अध्यादेश एक्सप्रेस: सरकार दौडमा, पुराना दल ब्रेक लगाउँदै!”

घुयँत्राे :“सुकुम्बासी खोज अभियान: सरकार एकातिर, सेना

Leave a comment

Your email address will not be published. Required fields are marked *