ओली-प्रचण्डद्वारा स्थायी कमिटी बैठकको एजेन्डा तय

काठमाडौं, २४ भदौ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच बुधबार भएको भेटमा स्थायी कमिटी बैठकका लागि एजेण्डा तय भएको हो।

विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन नै स्थायी कमिटीका एजेण्डा हुने बताइएको छ। यसअघि भदौ १८ गते बसेको सचिवालय बैठकले दुई अध्यक्षलाई कार्यदलको प्रतिवेदनलाई परिमार्जन गर्ने जिम्मेवारी दिएको थियो।

सचिवालयमा आएका सुझावलाई समेटेर प्रतिवेदन तयार पार्नसमेत सचिवालयले भनेको थियो। पार्टीभित्रको विवादका कारण गत साउन १३ गते बस्ने भनेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

सोही दिन प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री ओलीइतरका २९ जना स्थायी कमिटी सदस्यहरूको बैठक बसेको थियो। साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेसँगै नेकपा विवाद समाधानको दिशामा गएको थियो । कार्यदलले भदौ ६ गते दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो ।

ओली-प्रचण्डद्वारा स्थायी कमिटी बैठकको एजेन्डा तय

कर्णालीमा बुधवार २८ जनामा संक्रमण पुष्टी

ओली-प्रचण्डद्वारा स्थायी कमिटी बैठकको एजेन्डा तय

६४९ स्थानीय तहमा तत्काल अस्पताल बनाउन मन्त्रालयको

Leave a comment

Your email address will not be published. Required fields are marked *