जबर्जस्ती करणी मुद्दाका फरार अभिय।क्त डेढ वर्षपछि पक्राउ

सुर्खेत ,२९ फाल्गुन ।

सुर्खेत प्रहरीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई करिब डेढ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–५ का ४१ वर्षीय हर्कबहादुर सुनार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार सुनारविरुद्ध परिवर्तित नाम ‘६४ वीरेन्द्रनगर क–७८’ की एक महिलाले २०८१ साल वैशाखमा जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता गराएकी थिइन्। उजुरी दर्ता भएयता उनी फरार रहँदै आएका थिए।
प्रहरीका अनुसार घटनापछि लामो समयसम्म फरार रहेका सुनारलाई खोजी गर्ने क्रममा प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा बिहीबार उनी आफ्नै गाउँमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको डीएसपी बुढ्थापाले जानकारी दिए।
पक्राउ परेका सुनारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हाल उनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीले फरार रहेका अभियुक्तहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेको र अपराधमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने जनाएको

जबर्जस्ती करणी मुद्दाका फरार अभिय।क्त डेढ वर्षपछि पक्राउ

विचारखाडी युद्ध र नेपालको जोखिम

जबर्जस्ती करणी मुद्दाका फरार अभिय।क्त डेढ वर्षपछि पक्राउ

सम्पादकीय : न्याय नमरोस् !

Leave a comment

Your email address will not be published. Required fields are marked *