घुयँत्राे:“नेताको रिस, ठेकेदार घुस, जनता कन्फ्युज: भोट कसलाई, दोष कसलाई?”

चुनाब आईसक्याे जनता देशका पुराना राजनीतिक दलका नेता गरेकाे भष्टाचार अनि राज्यसत्तामा परिवारवादकाे विषयलाई लिएर रुष्ट छन भने राज्यभित्रकाे अर्काे याैटा क्षेत्र ठेकेदारहरुदेखि पनि त्यत्तिकै रुष्टछन । नेताहरुले भष्टाचार र कुशासन चलदाएर देशलाई तन्नम बनाएभने ठेकेदारहरु आँफुले काम गर्न स्विकार गरेकाे निर्माण कार्य तिनै नेताहरुसित मिलेर अलपत्र पार्दा जनता रुष्ट छन । जनता नयाँ दलका हावाहरुलाई अन्तरहृदयदेखि तयार छैनन तर नेताहरुकाे भष्टाचारी आचरण र ठेकेदारहरुकाे ठगप खाने प्रवृतिका बिरुध्द सम्बन्धित नेता र ठेकेदारकाे पाटिलाई भाेट दिन तयार छैनन तर पनि नयाँदललाई दिएरनि देशले असलबाटाे सम्हाल्छ भन्ने उनिहरुलाई लागि रहेकाे छैन । त्यसैले जनताकाे यसपटककाे मतले नि राम्रो निर्णय गर्न सक्छ जस्ताे लाग्दैन । त्यसैले हाम्राे गाउँ घराँ याैटा उखान छनि “पाेईका रिसले साैताकाे काखाँ मुति ” भन्ने त्यस्तै अबस्था आउँछ जस्ताेछ । वास्तवमा हिजाेका दुख , देशमा देखिएकाे अराजकता,ठगि र भष्टाचारका काण्ड अनि यति हुँदानि दलका नेतामा परिवर्तन नहुनु र हिजाेकै अबस्थाँ देशलाईचलाउँछु भनेर आउँदाकाे अबस्थालाई हेर्दा त जनताले ०७ सालदेखि परिवर्तनकाेलागि लडेकाे र वर्तर्मानमानि परिवर्तनकै बाटाे राेजेर पाटिमा नयाँ नेतृत्व गर्न पुगेकाेर केही जाेश जाँगर र नयाँ भिजन लिएर उपस्थित भएकाे नेपाली काँग्रेस जस्ताे प्रजातान्त्रिक पाटिलाईनै देशकाे जिम्मा लाउनु पर्ने हाे तर पनि हिजाेकै दिन सम्झिँदा जनता सजिलै त्यसतर्फ आकर्षित हाेलान जस्ताे पनि देखिँदैन । प्रजातान्त्रिक र अन्तर्राष्ट्रिय छवि बनाएकाे र विदेशि मित्रराष्ट्र र छिमेकिहरुले नि पत्याएकाे ब्यक्तिकाे हातमा सरकार सुम्पन जनताले सकेनन र आँफैले फेरिपनि गल्ती गर्दै गएर हावाका पछि लागेर गलत ब्यक्तिहरुका हातमा सत्ता गयाे भने त्यसबेला पश्चाताप गरेर केही हुनेवाला छैन । त्यसैले जनताले कसैगरि पनि प्रजातन्त्रका लागि संघर्ष गरेकाे पाटिलाई नेतृत्व गर्ने अबसर दिनु पर्दछ । यदप जनता चुके र अरुपाटिलाई सरकार बनाउने अबसर दिए भने हिजाे याे देशका ठेकेदारहरुले ठेक्कापट्टाका नाममा जसरिकहिँ सडक,कहिँ अस्पताल,कहिँ सडक पुल र सरकारी भवन अनि कहिँ महाविद्यालयहरु निर्माण नगरेर अलपत्र छाेडि दिएर देश सय बर्ष पछि पारि दिएकालछन त्यसैगरि अबकाे सरकार बनाउन गलतपाटिलाई सरकार बनाउने मत दिईयाे भने हिजाे त र बाटाघाटा र पुलपुलेसा मात्रै विगारे अब त देशै बिगारि दिने छन । बाहिरि मुलुकलाई देशभित्र ल्याएर परेड खेलाउन थाले भने ती दलका नेताहरुलाई त केही हुन्न किनभने उनिहरुकाे त लक्ष्य र उद्देश्यनै त्यै हाे । तर ,जब विदेशि सेनाले हाम्राे घरआँगनमा परेड खेल्लान त्यसबेला रिस र आबेगमा गरेकाे मतदानकाे परिणामलाई लिएर चिच्याकलाे गरेर के गर्ने हाे ! त्यसैले याे पटककाे चुनाब अघिपछिकाे जस्ताे हाेईन जीवन मरण, राष्ट्र र राष्ट्रियता जाेगाउने सवालकाे कुराेछ । त्यसैले मत हाल्दा एक्कैछिन भावनामा बगेर वा रिसकाे आबेगमा निर्णय गरेर गलत पाटि वा उमेदवारलाई छाप लाएर आफ्नो देशप्रतिकाे दायित्व र जिम्वारी पूरा हुने वाला छैन बरु संयम्ता र धैर्यताका साथ निर्णय गरेर मतदान गर्नु पर्नेछ । याे कुरामा हरेक निर्वाचन क्षेत्रका जनताले वुध्दि पुर्याउनु पर्नेछ । संविधानकाे बनाेट र मतदाताकाे मनसाय हेर्दा सितिमिति याैटै पाटिले बहुमत ल्याउने देखिँदैन ।याैटै पाटिले सरकार बनाउन सकेनभने फेरि देशमा राजनीतिक अस्थिरता र सरकारमा विकृति आउन सक्छ त्यसैले स्थिर सरकार दिने र विकासका जगहरु बसाल्ने हाे भने याैटै पाटिलाई बहुमत दिन मतदाता एक भएर सडकमा उत्रिनु पर्दछ हैन भने उहीँ सबै सबैभन्दा कम मतल्याउने सरकारमा पुग्छ अनि उसले वितण्डा मच्चाउन थाल्छ र सरकार बन्ने र ढल्ने प्रकृया चलि रहन्छ त्यसका लागि नि जनता सचेत र चनाखाे हुनु पर्छ । के साँच्चिकै जनताले विवेकपूरण निर्ण गरेर देशलाई अगाडि बढाउने काममा सहयाेग गर्लान ? हेराैँ सार्वभौम जनताले जे गर्छन त्यसलाई स्विकार्ने बाहेक हामीसित अरु विकल्प छैन । तर सार्वभौमकाे अर्थ जनताले बुझ्छन कि बुझ्दैनन् कुराे त्यैँनिर गएर अडकिनेछ ।






