बाँके प्रशासनद्वारा होली र रमजान संयमित रूपमा मनाउन आग्रह

बाँके ,१३ फाल्गुन ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आगामी पर्वहरू र निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष अपील गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले विभिन्न ७ बुँदे निर्णयहरू सार्वजनिक गर्दै यस्तो अपील गरेको हो ।

मुस्लिम समुदायको पवित्र रमजान महिना सुरु भएको र हिन्दुहरूको महान पर्व फागु पूर्णिमा (होली) नजिकिँदै गरेको सन्दर्भमा प्रशासनले यी पर्वहरूलाई आपसी भाइचारा र सहिष्णुताका साथ मर्यादित र व्यवस्थित रूपमा मनाउन आग्रह गरेको छ।

यसवर्ष तराई क्षेत्रमा मनाइने होली पर्व र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन एकै समयमा परेकाले प्रशासनले विशेष सतर्कता अपनाउन भनेको छ ।

फागुन १९ गतेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएकाले होली पर्व मनाउँदा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र घरपरिवार तथा आफन्तजनबीच मात्र सीमित रहेर मनाउन अनुरोध गरिएको छ।

प्रशासनले चाडपर्व, विवाह वा व्रतबन्धका नाममा चर्को आवाजमा डिजे बजाउन रोक लगाएको छ । २०८२ पुस २२ गतेको निर्णय बमोजिम ध्वनि प्रदूषण नगर्न र नगराउन स्थानीय प्रशासनले कडा निर्देशन दिएको छ।

बाँके जिल्लाको विशिष्टतालाई ध्यानमा राख्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, धर्मगुरु र नागरिक समाजलाई जिम्मेवार बन्न आग्रह गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउन आग्रह गरिएकोछ ।

 

 

बाँके प्रशासनद्वारा होली र रमजान संयमित रूपमा मनाउन आग्रह

निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

बाँके प्रशासनद्वारा होली र रमजान संयमित रूपमा मनाउन आग्रह

घुयँत्राे:“नेताको रिस, ठेकेदार घुस, जनता कन्फ्युज: भोट

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds