छिनखेतका २ वटा बसपार्क प्रयोग बिहिन

प्रचण्ड खत्री
रुकुम पश्चिम, ६ भदाै ।
रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्बर ४ छिनखेतका २ वटा बसपार्क प्रयोग बिहिन भएका छन् । २०६८ को पाल्गुन महिनामा स्थापना भएका २ वटा बसपार्क अहिले सम्म प्रयोग बिहिन भएको स्थानीय व्यापारिक खिम प्रसाद पुरीले बताए । बाफिकोट ४ बिराले र छिनखेत ज्युलाको बसपार्कमा अहिले सम्म स्थानीय ब्यापारिकका गाडी र बाहिर जिल्लाबाट आउने सवारी साधन हरु बसपार्क बनेको ठाउमा रोकेका हुँदैनन ।

गाडी नरोक्दा बाटोमा खेलिरहेका बच्चा बच्ची र पैदल यात्रुलाई जोखिम बढेको स्थानीय बुद्दिजिबी सशिराम रिजालले बताए । बसपार्क हुँदाहुँदै पनि जोखिम मोलेर गाडीहरु बाटोको छेउमा रोकिरहेका देखिन्छन । बिराले बसपार्कलाई भनेर स्थानीय चन्द्र बहादुर खड्का, खम्बु मल्ल र पुरण मल्लले ५०० सय वर्ग मिटर जग्गा उपलब्ध गराएका थिए ।

त्यस्तै छिनखेत ज्युलाको बसपार्कको लागि स्थानीय उपेन्द्र बहादुर मल्ल, नर बहादुर खड्का र पवित्रा मल्लले गरि ३२० वर्गमिटर जग्गा बसपार्कलाई दिएका थिए । बाँफिकोट गाउँपालिकाको शहरिकरणको रुपमा परिचित छिनखेत बजारमा बसपार्क भएर पनि गाडीहरु अन्यन्त्र रोक्ने गरेको स्थानीयहरु बताउँछन । सामान किनमेल गर्न आउने सर्वसाधारणलाई भने बाटोमा गाडी रोकेको कारण उनीहरुले विश्राम गर्ने ठाउ समेत नभएको उनीहरुको गुनासो रहेको छ ।

गाडीको बेगले गर्दा स्थानीय ब्यापारिकलाई भने चिन्तित भएका छन् । यस्तो बेगले दुर्घटना हुन सक्ने स्थानीय बासीहरुको गुनासो रहेको छ । गाडी रोक्नको लागि बनाएको बसपार्कमा अहिले पानीको ताल र दुबो औडीएको देखिन्छ । बर्सपार्कको निम्ति गाउँपालिकाले चासो दिएको छैन । यसको ब्यबस्थापन र निर्माणमा अहिले सम्म गाउँपालिकाले ध्यान नदिएको स्थानीय बताउँछन । बसपार्क निर्माणमा यहाको सरकारले ध्यान दिँदा बजारको बिकास हुने बिश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया