बाँके–२ मा जसपा उम्मेदवार कमरुद्दिन राईप्रति मतदाताको समर्थन उर्लियो

बाँके ,२ फल्ल्गुन।

बाँके क्षेत्र नम्बर २ मा कमरुद्दिन राई (जनता समाजवादी पार्टी नेपाल) यतिबेला मतदाताको आशिर्वाद र समर्थन बटुल्दै चुनावी मैदानमा सक्रिय देखिएका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा नेपालगञ्ज र डुडुवा गाउँपालिकाका विभिन्न वडामा पुग्दा युवा, महिला तथा ज्येष्ठ नागरिकबाट उनलाई उत्साहजनक साथ र शुभकामना प्राप्त भइरहेको छ।


शुक्रवार नेपालगञ्ज–२० राँझा गाउँ पुगेका राईलाई १०५ वर्षीया जलवर्षा वर्माले विशेष आशिर्वाद दिइन्। उनले मधेस र मधेसी समुदायका मुद्दा उठाउने पार्टी जसपा नेपाल नै भएको उल्लेख गर्दै कमरुद्दिनलाई मत दिने प्रतिबद्धता व्यक्त गरिन्।
त्यसैगरी डुडुवा गाउँपालिका–५ का ८० वर्षीय राजकुमार यादवले पनि उनलाई जितको कामना गर्दै आशिर्वाद दिए। “मधेस आन्दोलनको मर्म धेरैले बिर्सिए। यसपालिको निर्वाचनमा मधेसको मुद्दा उठाउने उम्मेदवारलाई नै भोट दिन्छु। तपाईँलाई जितको शुभकामना र आशिर्वाद छ,” उनले भने।
कमरुद्दिन पुग्ने स्थानमा स्थानीयले भव्य स्वागत गर्ने गरेका छन्। उनी उपस्थित हुनेबित्तिकै उत्साह र खुसीको वातावरण बन्ने गरेको स्थानीयवासीको भनाइ छ। नेपालगञ्ज–१९ का रामकुमार तेलीले गला मिलाउँदै भने, “आफ्नो घरमा तपाईँलाई पाउँदा अत्यन्तै खुसी लागेको छ। तपाईँलाई हाम्रो भोट पक्का भयो।”


मतदाताबाट प्राप्त माया, स्नेह र विश्वासले आफूलाई थप ऊर्जा र हौसला मिलेको कमरुद्दिनले बताएका छन्। उनले जनताको विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता दोहोर्‍याउँदै चुनावी अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउने बताएका छन्।

बाँके–२ मा जसपा उम्मेदवार कमरुद्दिन राईप्रति मतदाताको समर्थन उर्लियो

जेन जेड कालिकोट अभियानबाट अस्मिन कुमार बिष्ट

बाँके–२ मा जसपा उम्मेदवार कमरुद्दिन राईप्रति मतदाताको समर्थन उर्लियो

बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघको आतंक :

Leave a comment

Your email address will not be published. Required fields are marked *