बहिनी बलात्कार गर्ने दाजु पक्राउ

सल्यान, २ भदौं ।
१२ वर्षीया बालिका बलात्कार गरेको अरोपमा सल्यानको कपुरकोट गाउँपालिका–४ धनबाङ निवासी दाइ नाता पर्ने २४ वर्षीय युवकलाई प्रहरीले २०७७ भदौ १ गते पक्राउ गरेको छ । साउन ३० गते घर नजिकैको गोठमा बहिनीलाई बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीका आधारमा आरोपितलाई गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण भदौ १ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको र बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । आरोपितलाइ जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइ रहेको प्रहरी प्रमुख डिएसपी खतिवडाले जानकारी दिनुभयो । २४ वर्षीया महिलालाइ बलात्कार गरेर फरार भएका अरोपित शारदा नगरपालिका –८ निवासी ३३ वर्षीय एकलाल ऐरीलाई प्रहरीले चार महिना पछि मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
०७७ वैशाख १७ गते शारदा नगरपालिका –८ रारे जङ्गलको खोलामा घट्ट बाट फर्किदै गर्दा बाटोमा बलात्कार गरेको भन्दै पीडित महिलाले बैशाख १८ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएकी थिइन् । घटनापछि फरार रहेका आरोपितलाइ घरमै लुकीछिपी बसी रहेको अवस्थामा गिरप्mतार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आरोपितलाई जिल्ला अदालत सल्यानबाट म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







