लुम्बिनीमा एमालेको बलियो चुनावी दाबी, प्रभावशाली नेताहरू प्रतिनिधिसभा उम्मेदवार

बाँके ,६ माघ।

नेकपा (एमाले) का पार्टीभित्र प्रभावशाली मानिने नेताहरूले लुम्बिनी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले अनुभवी, संगठनमा पकड भएका तथा जनमत प्रभाव पार्न सक्ने नेताहरूलाई प्रमुख निर्वाचन क्षेत्रमा अघि सार्दै प्रदेशभर बलियो चुनावी उपस्थिति जनाउने रणनीति लिएको देखिन्छ ।
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देही–२ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ भने अर्का उपाध्यक्ष गोकर्ण बिष्टले गुल्मी–२ बाट उम्मेदवारी दिनुभएको छ । महासचिव शंकर पोखरेल दाङ–२ बाट र पूर्व उपमहासचिव तथा प्रभावशाली नेता प्रदीप ज्ञवाली गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् ।

यससँगै पार्टीले संगठनात्मक सन्तुलन र क्षेत्रीय प्रतिनिधित्वलाई ध्यानमा राख्दै अन्य निर्वाचन क्षेत्रमा पनि उम्मेदवार अघि सारेको छ । दाङ–१ बाट रेवतीरमन शर्मा र दाङ–३ बाट घनश्याम पाण्डेयले उम्मेदवारी दर्ता गराएका छन् । बाँकेका तीनै निर्वाचन क्षेत्रमध्ये बाँके–१ बाट सूर्य ढकाल, बाँके–२ बाट मोहम्मद इश्तियाक राई र बाँके–३ बाट सुमन मल्ल उम्मेदवार बनेका छन् ।
बर्दियामा क्षेत्र नम्बर १ बाट शालिकराम अधिकारी र क्षेत्र नम्बर २ बाट विमला बिकले मनोनयन दर्ता गराएका छन् । रोल्पा–१ बाट गोकुल घर्ती, रुकुम पूर्व–१ बाट लिलामणि गौतम, प्यूठान–१ बाट सूर्यबहादुर थापा र अर्घाखाँची–१ बाट पिताम्बर भुसालले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
पाल्पा जिल्लामा क्षेत्र नम्बर १ बाट नारायण आचार्य र क्षेत्र नम्बर २ बाट ठाकुर गैरे उम्मेदवार बनेका छन् । नवलपरासी पश्चिम–१ बाट रामप्रसाद पाण्डे र सोही क्षेत्रबाट लेखनाथ खरेलले पनि उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देहीका अन्य निर्वाचन क्षेत्रतर्फ रुपन्देही–१ बाट दधिराम न्यौपाने, रुपन्देही–३ बाट बाशु घिमिरे, रुपन्देही–४ बाट प्रमोद यादव र रुपन्देही–५ बाट खिमलाल भट्टराई उम्मेदवार बनेका छन् ।
कपिलवस्तु जिल्लामा क्षेत्र नम्बर १ बाट बिश्राम चौधरी, क्षेत्र नम्बर २ बाट दृघनारायण पाण्डे र क्षेत्र नम्बर ३ बाट बिरेन्द्र कनौडियाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रमुख निर्वाचन क्षेत्रमा पार्टी नेतृत्वका अनुभवी र प्रभावशाली नेताहरूलाई अघि सार्दै एमालेले लुम्बिनी प्रदेशमा सशक्त चुनावी उपस्थिति जनाउने संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

लुम्बिनीमा एमालेको बलियो चुनावी दाबी, प्रभावशाली नेताहरू प्रतिनिधिसभा उम्मेदवार

एमाले बाँके क्षेत्र नम्बर १ बाट सूर्य

लुम्बिनीमा एमालेको बलियो चुनावी दाबी, प्रभावशाली नेताहरू प्रतिनिधिसभा उम्मेदवार

जुम्लाका जनताले विवेक प्रयोग गर्छन्:नरेश भण्डारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds