अध्ययन केन्द्र जाजरकोटको समिति विस्तार

जाजरकोट, १ भदौं ।
नेपाली काँग्रेसको बौद्धिक शुभेच्छुक संस्था सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटको समिति विस्तार भएको छ । केन्द्रको विधान २०७१ अनुसार जिल्ला संयोजक जनक केसीले समितिका पदाधिकारी र सदस्यहरुको जिम्मेवारी तोक्दै समिति विस्तार गरेका हुन् ।

विस्तार गरिएको समितिमा सह– सयोजकको जिम्मेवारी रेश्मा खत्री, सचिवको जिम्मेवारी पारस विक्रम केसी र कोषाध्यक्षको जिम्मेवारी रीता पुनले पाएका छन् । त्यस्तै सदस्यहरुमा अधिवक्ता राज वहादुर सिंह समाजसेवी किशोरकृष्ण भण्डारी, शिक्षाप्रेमी दिनेशकुमार सिंह, प्रधाध्यापक चन्द्रवहादुर वुढा, बुद्धिजीवी रेखा शाह, नेत्री धनसरा सिंह शाही, स्वास्थ्यकर्मी डा.अमीन शाह, अध्यापक मनोहर थापा, अध्यापक अमला कार्की, वृद्धिजीवीहरु धनवहादुर विके र आशा कार्की शाह रहेका छन् ।

त्यस्तै संयोजक केसीले जिल्ला समितिको ५ सदस्यीय सल्लाहकारमा पुर्व अध्यापक केदार बहादुर शाह, अधिवक्ता एवम नेपाल वार एसोसियसन जाजरकोटका अध्यक्ष भीमवहादुर सिंह, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की, पूर्व कर्मचारी एवंम जनप्रतिनिधि खम्वजंग शाह र नेपाल शिक्षक संघका संघीय समितिका उपाध्यक्ष जनकवहादुर सिंहलाइ मनोनयन गरेका छन् ।

लोकतान्त्रिक समाजवादको वहसलाई जिल्लाको तल्लो तहसम्म पु¥याउने उद्देश्यले जिल्लाका सातै स्थानीय तहमा संयोजक तोकिएको छ । जिल्ला संयोजक केसीका अनुसार सनत शर्मालाई भेरी नगरपालिका, वीरवहादुर खत्रीलाई नलगाड नगरपालिका, बद्रीनाथ योगीलाई छेडागाड नगरपालिका, सुरेन्द्र सिंहलाई बारेकोट गाउँपालिका, सुरेन्द्रवहादुर सिंहलाई जुनीचाँदे गाउँपालिका, पुर्णप्रसाद रेग्मीलाई शिवालय गाउँपालिका र मदन आरसीलाई कुशे गाउँपालिकाको संयोजक तोकिएको छ ।

जिल्ला र पालिकाका समितिहरुले पुर्णता पाएपछि आगामी कार्यक्रमहरु र अन्य गतिविधिहरुका बारेमा योजना तयार पारिने संयोजक केसीले बताए । उनले लोकतान्त्रिक समाजवादका चरित्रहरु, विशेस्ताहरु र यसका आयामहरुका बारेमा तल्लो स्तरसम्मै छलफल गर्ने गरी संयन्त्र र योजना निर्माणको तयारीमा आफुहरु रहेको बताए । जिल्लाका सातै स्थानीय तहवाट प्रतिनिधित्व हुने गरी जिल्ला समिति निर्माण गरिएको उनको भनाई छ ।

अध्ययन केन्द्र जाजरकोटको समिति विस्तार

मनकारी रेग्मीद्वारा घरभाडा छुट

अध्ययन केन्द्र जाजरकोटको समिति विस्तार

अम्मर ज्योतिमा विद्यार्थीलाई अनुशिक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds