व्यक्तित्व चर्चा : व्यवसायसंगै सामाजिक कार्यमा सक्रिय शर्मा

वुवा दिल्ली राम शर्माका दुई श्रीमती मध्य भागीरती शर्माबाटका एक वहिनी तीन भाई मध्य साइलो छोराको रुपमा २०३७ अशाढ ४ गते मंगलवार तत्कालिन गाउ“ पंन्चायत कुशापानी हाल भैरवी ७ डा“डासरु गाउ“मा जन्मेका हुन मंगल कुमार शर्मा । ४ वर्षका हु“दा ने.रा.प्रा.वि. डाँडा“ सरु दैलेखमा प्राथामिक शिक्षा अध्ययन शुरु गरी त्यहि विधालयबाट कक्षा–५ उत्तिर्ण गरेका थिए । आदर्श मा.वि. खम्बागाढे दैलेख कक्षा¬–६ देखी १० कक्षा पास गरी २०५५ सालमा एसएलसी उत्तिर्ण गरेका थिए । उच्च शिक्षा अध्ययन शिक्षा क्याम्पस विरेन्द्रनगर सुर्खेतमा शिक्षा विषय लिएर आइए र त्यस पछी शिक्षा स्वास्थ्य विषय लिएर २०६३ सालमा व्याचलर उतिर्ण गरेका हुन् । राष्ट्रीय प्राविधिक शिक्षालय वीरेन्द्रनगर सुर्खेतबाट ल्याप विषय उत्तिर्ण गरी २०६१/६२ सालमा सुर्खेत टेक्नीकल इन्स्टीच्यूटबाट सिएमए उत्तिर्ण गर्न पुगेका थिए ।
त्यसपछी क्षेत्रीय अस्पताल कालागाउ“ सुर्खेतमा अस्थायी अहेव मा नियुक्ती भै कालागाउ“ अस्पताल र दैलेख विभिन्न स्थानमा २०६३ देखि २०६४ सम्म सेवा गर्ने पुगेका थिए । जागिरमा सन्तुष्टी नपाउँदा २०६४ सालबाट दैलेख कुशापानी खम्बागाढे बजारमा आफ्नै प्राइभेट आचार्य मेडिकल पसल श्री ५ को सरकारबाट स्विकृत प्राप्त गरी २०७२ सालसम्म संचालन गर्न पुगेका थिए । त्यसपछी २०७२ साल देखी स्थायी बस्ती सरेर वी.न.पा १० दिपनगर घुस्राचोकमा सोही स्विकृत मेडिकल नामसारी स्थान सारी गरी श्री शिव विहार मेडिकल हल नियमित स्वास्थ्य उपचार सेवा र सामाजिक विभिन्न संघ, संस्था संलग्न हु“दै थप जनसेवा गर्दै आइरहेका छन् ।
ससुरा घनपती चपाई सासु पवित्रा चपाई कि जेठी छोरी अमृता चपाई शर्मासंग २०५९ साल जेष्ट १७ गते लिभिङ हुँदै मागी शिव मन्दिरमा स्वयम्वर विवाह गरेका थिए । उनका १ छोरा १ छोरी छन । छोरी समिक्षा शर्मा बर्ष २१ पुर्वाअन्चल वि.वि. विराटनगर फर्मिस्ट फोर्थएर अध्ययनरत छन् । छोरा रामप्रसाद शर्मा बर्ष २० योगी नरहरीनाथ प्रतिष्ठान डिप्लोमा इनफर्म वीरेन्द्रनगर सुर्खेतमा अध्ययनरत छन् । श्रीमती अमृता पनि स्वास्थ्य व्याचलर दुल्लु क्याम्पसबाट हेल्थ बिषय लिएर स्नातक गरेकोले औषधी पसलमा सघाई रहेकी छन् ।
वुवा दिल्ली राम शर्मा लामो समय प्रा.वि. स्थायी शिक्षक भएपनि आर्दश मा.वि. घुम्नेखाली दैलेख मा.वि. अध्यापनबाट २०५८ मा निवृत्त भएका छन् । हाल वुवा आमा दाजु शुवर्ण प्रसाद शर्मा भाउजु चन्द्रा पौडेल शर्मा दुवै नि.मा.वि.र मा.वि. स्थायी शिक्षक भै वीरेन्द्रनगर वडा नं. ९ घर हाली सकेकोले दाइभाउजुसंग बसी निवृत्त जिवन विताई रहेका छन् ।
शर्मा २०३६ सालको जनमत संग्रहपछि जन्मेकोले विद्यालय अध्ययन क्रममा निर्दलिय पंंचायती व्यवस्था पक्षमा नउभिएर वहुदलीय प्रजातन्त्र पक्षधर भएर देशमा हुने विभिन्न प्रजातान्त्रीक आन्दोलन पक्षमा सहभागी हु“दै आएका हुन । आफनो जागिर पेशा व्यवसाप चलाउँदै गर्दा पनि निरंकुश शासन भन्दा प्रजातान्त्रिक व्यवस्थामा अभिव्यतिm दिन पाउने स्वतन्त्रता नागरिकले स्वतन्त्रपूर्वक पेशा व्यवसायी गर्ने पाउने कृषि औद्योगिक क्रान्ती गरी आत्मनिर्भर नेपाल हुनेमा विस्वास राख्दै आएका छन् । तर पनि बहुदलिय प्रजातन्त्र प्राप्तीका ३७ वर्ष शसस्त्र दुन्द पछि को गणतन्त्र १७ वर्ष हुदा सम्म पनि एउटा स्थिर सरकार हुन नसकेर ३७ बर्षमा ३० वटा अस्थिर अल्पकालिन सरकार बन्न पुगे ।
एउटा स्थिर सरकार पाँच बर्ष नहँुदा अनेकौ विकृत्ती राज्य विभिन्न अंगहरुमा हुँदा २०८२ भादै २३ र २४ गते जेन्जी आन्दोलन हु“दा धेरै युवा शहिद भए । त्यसको विरोधमा जेन्जी युवाहरुको हुलले राज्यको शासन संंचालन गर्ने केन्द्रदेखी प्रदेश स्थानीय निकाय सम्मका जनसेवा सञ्चालन गर्ने भवन व्यतिm का घर समेत ठुलो घन को क्षति हुन गयो । अब पुनः द्धन्द्ध बढन ह“ुदैन, शान्तिपुर्ण निर्वाचनमा गएर वहुमत संसदले जनताले प्रत्येक्ष प्रधानमन्त्रीलाई मत दिएर पा“च वर्षसम्म शासन संचालन गर्ने संविधान शंशोधन संसदबाट पास गरिनु पर्छ ।ंं त्यस्तै शिक्षा स्वास्थ्य निःशुल्क तिर राज्य बढ्दै गए अगाडी आज युवायुवती प्रदेश भाडा श्रमदासको यात्रा विस्तारै स्वदेशमा विभिन्न रोजगारको मुलक प्राकृत्ती दिएका अनेकौ बहुमुल्य स्रोत, साधन उपयोगीतामा श्रम बगाउने सविस्तार तिर राज्य लाग्नु पर्छ ।
पार्टी नेतृत्वमा नाम सदाको लागी लाग्नेछु भन्ने अठोट आउनु जरुरी छ । अहिले संसारमा वहुदलिय लोकतान्त्रिक शक्ती विकेन्द्रिकरण व्यवस्था नै उत्तम व्यवस्था मानिन्छ । अब छ महिना एक वर्ष अल्पकालिन शासक बन्ने राज्यको ढुकुटीमा विभिन्न तरिकाले कमाउने धन्दा अन्त्य हुनैपर्छ । द्धन्द्ध व्यवस्थापन निर्वाचन भएर शान्ति व्यवस्थापन हुनु पर्छ भन्ने दुर सन्देश पनि दिने गर्दै आएका छन् मंगल कुमार शर्मा ।






